बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् प्रतिनिधिसभाको भोलि सुरु हुने बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद्‌को बजेट अधिवेशन भोलि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठकमै प्रधानमन्त्री ओलीको सम्बोधन हुने एमाले मुख्य सचेतक महेश बर्तौलाले बताए । सरकारले संसद्लाई महत्व दिने र संसद्‌मा जनताका कुरा सम्बोधन गर्ने सन्देश दिनका लागि प्रधानमन्त्रीले सम्बोधन […]

स्थानीयले आफ्नै घरका पेटी भत्काएर गरे सडक विस्तार

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् । दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्ना घरहरू आँगनका संरचना भत्काएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । यसअघि तीन दशमलव पाँच मिटर फराकिलो सडकको दायाँ बायाँका संरचना हटाएर पाँच […]

‘प्रोजेक्ट बैंक’मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौती

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आयोजना तथा कार्यक्रममा मात्रै केन्द्रित गर्ने सरकारको तयारीपछि राष्ट्रिय आयोजना बैङ्क (प्रोजेक्ट बैङ्क) मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौतीमा परेका छन् । जथाभावी आयोजना प्रविष्ट (इन्ट्री) गरेर बजेट माग्ने प्रवृत्ति बढेपछि राष्ट्रिय योजना आयोगले पुरानो प्रोजेक्ट बैङ्कलाई नै निष्क्रिय तुल्याएको छ । आयोगका […]

दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन, आजदेखि कारोबार 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरिएको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको हो। स्वाभिमान लघुवित्तले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेसँगै कम्पनीको शेयर मूल्य समायोजन गरिएको हो। समायोजनको आधार मूल्य कम्पनीको अन्तिम […]

बेजोड स्टाइल र अद्वितीय फिचरले भरिएको दिपल इभीमा अब ‘छुटाउनै नमिल्ने’ प्रि–बजेट अफर

काठमाडौं । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा उच्चकोटीको इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल इभी खरिद गर्ने सोचिरहनु भएका ग्राहकका आकर्षक अफरहरुसहितको ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि–बजेट स्किमको घोषणा गरेको छ । बजेट आउनुभन्दा पहिलो सार्वजनिक गरिएको यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरुले भरिएको दिपल इभीलाई आकर्षक अफरहरुसहित खरिद गर्ने यो […]

साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच अन्तर्राष्ट्रियस्तरको ‘हेल्थी हेल्थ प्याकेज’ का लागि समझदारी

काठमाडौं । स्वास्थ्य सेवा र डिजिटल प्रविधिमा नवीनतम उपलब्धि हासिल गर्दै, साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच आज एक समझदारी ( पत्र (एमओयू) मा हस्ताक्षर भएको छ। उक्त सम्झदारी अन्तर्गत, दुबै संस्थाले विदेशमा रहनु हुने व्यक्तिहरुले नेपालमा रहेका आफ्ना बिरामी आमा( बुवा तथा अन्य परिवारिक सदस्यको लागि उचित हेल्थी हेल्थ प्याकेज ल्याउने निर्णय गरेका छन् […]

सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपालले हकप्रद शेयर जारी गर्ने

काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल लिमिटेडले १२ प्रतिशत हकप्रद शेयर वैशाख १२ गते निष्कासन गर्ने भएको छ । कम्पनीको गत मंसिर ६ गते सम्पनन चौथो वार्षिक साधारण सभाले १०० बराबरको नयाँ १२ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको हो । […]

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ । नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर […]

दोलखाको लादुकमा अपर पाँचौं तामाकोशी जलविद्युत् आयोजना र स्थानीयबीच तनाव चुलिँदै, आन्दोलन जारी

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४, लादुकस्थित सुरीटारमा निर्माणाधीन अपर पाँचौं तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयवासीहरूमाथि दवाव सिर्जना गर्दै आएको स्थानीयको आरोप छ। आयोजनास्थल वरपरका बासिन्दाहरूले आयोजना पक्षबाट धम्की र डर त्रास दिने कार्य भइरहेको गुनासो गरेका छन्। बिगु गाउँपालिका–१, लामाबगरस्थित गोंगर बजारका क्रसर पीडित आन्दोलित स्थानीयहरूले बुधबार एक विज्ञप्ति जारी गर्दै आयोजनाले आफूहरूका जायज मागलाई बेवास्ता […]

दराज नेपालद्वारा नयाँ अप्शन, ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी उपभोक्ताहरुका लागि सर्वोत्कृष्ट मूल्यका साथै विविध उत्पादनहरूका रेञ्ज उपलब्ध गराउने लक्ष्य

काठमाडौं । अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्शनका रुपमा ’च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो अप्शनमार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका १,००० भन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्नेछन् । ती उत्पादनहरुको न्यूनतम मूल्य रु. १३० देखि सुरु हुने जानकारी दिइएको छ । साथै, कम्पनीका तर्फबाट ती […]