अफगानिस्तानमा ६.० म्याग्निच्युडको भूकम्प, कम्तीमा २५० को मृत्यु
काठमाडौं । अफगानिस्तानमा आइतबार मध्यराति गएको ६.० म्याग्निच्युडको भूकम्पमा कम्तीमा २५० जनाको ज्यान गएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (USGS) का अनुसार भूकम्प जालालाबाद शहरदेखि १७ माइल टाढा, पाकिस्तान नजिकैको सीमा क्षेत्रमा गएको एनबीसीले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले भूकम्प दुर्गम हिमाली क्षेत्रमा परेकाले मानव क्षति र […]

