टीभीएस मोटर कम्पनी र जगदम्बा मोटर्सले १०० रूख रोप्दै विश्व वातावरण दिवस मनायो
काठमाडौं । दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन निर्माणमा विश्वस्तरमा अग्रणी कम्पनी टीभीएस मोटर कम्पनीले काठमाडौंमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्दै विश्व वातावरण दिवस मनाएको छ। लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्स र बुढानीलकण्ठ नगरपालिकाको साझेदारीमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ–१, तौलुङ, चौकीडाँडा क्षेत्रमा १०० वटा बिरुवा रोपिएको हो। यस वृक्षारोपण कार्यक्रमले अर्को ऐतिहासिक उपलब्धि पनि चिन्हित गर्यो — […]

