डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
झापा । आज बिहानदेखि परेको अविरल वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । एसियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको उक्त डाइभर्सन वर्षासँगै आएको बाढीले बगाएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । […]

