रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो । विभिन्न होटल तथा पसल एवं काजभोमा यस बेला जुनारको स्क्वासलाई जुस बनाएर खानेको सङ्ख्या पनि बढेको छ । विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका […]

बिहीबारका लागि सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको माग बढे सँगै बिहीबार सुनचाँदीको मूल्य छापावाला र तेजावी सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो । महासंघले बिहीबार लागि छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय […]

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह […]

क्रेस्ट माइक्रो लाइफ ईन्स्याेरेन्सकाे आइपीओ निष्कासनमा एनआइएमबि क्यापिटल

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ ईन्स्याेरेन्सले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । सोहीबमोजिम क्रेस्टले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । सो कार्यका लागि क्रेस्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा एनआइएमबिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।

मध्यक्रम नचल्दा पञ्जाबसँग चेन्नई हार्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता चेन्नई सुपर किंग्स पञ्जाब किंग्ससँग पराजित भएको छ। मध्यक्रम नचल्न नसक्दा बुधबारको खेलमा चेन्नई पञ्जाब ७ विकेटले पराजित भएको हो। चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। पञ्जाबका जोनी बेयरस्टोले सर्वाधिक ४६ रन बनाए। ३० बल खेलेका उनले ७ चौका […]

नेपालको विश्वकप खेल्ने टोली घोषणा

काठमाडौं । नेपालले अर्को महिना अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको छ। विवेक यादव र आकाश चन्दको स्थानमा कमल सिंह ऐरी र स्पिनर सागर ढकाल टिममा आएका हुन् । अमेरिका र वेष्ट इन्जिनमा आयोजना हुने […]

भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा चन्द्रागिरि नगरपालिका अवलोकन

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका नियन्त्रक तथा महालेखापरीक्षक गिरिसचन्द्र मुर्मले नेतृत्व गरेको उच्च प्रतिनिधिमण्डलले आज चन्द्रागिरि नगरपालिकाको अवलोकन गरेको छ । सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उनीहरूलाई नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा जानकारी दिएका थिए। उनले भने, “ सार्वजनिक सेवालाई चुस्त बनाउन नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । नगरवासीको सहभागिता र सहकार्यमा भौतिक […]

अर्थमन्त्री भन्छन्: अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन्

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन्। काठमाडौंमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताएका हुन्। विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे […]

कानुन निर्माणको पूर्णतापछि सञ्चार क्षेत्रको पुनर्संरचना हुनेछः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले थालेका कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुने बताएकी छिन्। नेपाल पत्रकार महासंघका पदाधिकारी तथा पूर्व अध्यक्षहरु, सञ्चार सम्बद्ध पेशागत तथा समावेशी संगठनका प्रमुखहरुसँग भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सम्बन्धी अन्तक्र्रियामा उनले यस्तो आफूले नीतिगत सुधारमा जोड दिएको बताइन्। ‘मैले […]

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ। वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ रन मात्रै बनाउन सफल भयो। बुधबार सम्पन्न खेलमा नेपाल ७६ रनले पराजित भएको हो। यस नजितासँगै वेस्ट इन्डिजले ५ खेलको टी–२० शृंखलामा २–१ को अग्रता बनाएको छ। त्यसअघि कीर्तिपुरस्थित त्रिवि […]