लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन चाहिन्छ : डा खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन्। आइतबारदेखि यहाँ सुरु हुन लागेको दुईदिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा रासससँग कुरा गर्दै उनले भने, “सबै कानुन बनाउन सकिएको छैन, आवश्यक बाँकी कानुन बनाउनुपर्छ। ठूला आयोजना सञ्चालनमा लागि लगानी बोर्डको क्षमता बढाउनुपर्ने छ। एकद्वार प्रणालीलाई साँच्चै […]

राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा डा.शिवहरि श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको ३ सय ८१ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिको ३ सय ८१ औं बैठकको निर्णय अनुरुप काठमाडौं महानगरपालिका –९ का डा. श्रेष्ठलाई कम्पनीको नियमावलीको नियम […]

धनुषाका १ सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

जनकपुर । आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् । ती उद्योगमा कार्यरत करिब दुई हजार मजदुर बेरोजगार भएका छन् । उद्योग बन्द हुँदा करोडौँ घाटा भएको छ […]

बजार पुँजीकरणमा नेपाल टेलिकम अगाडि

काठमाडौं । नेप्सेमा बजार पुँजीकरणमा शीर्षस्थानमा नेपाल टेलिकम रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार चैत महिनामा नेपाल टेलिकमको १ खर्ब ५१ अर्ब रुपैयाँ बजार पुँजीकरण रहेको छ । दोस्रोमा नबिल बैंकको १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने त्यसपश्चयात तेस्रोमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ र चौथोमा […]

बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन

बागलुङ (गलकोट) । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा रु ४० लाख भेटी सङ्कलन भएको छ । कालिका मन्दिरमा बडादसैँ र चैते दसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । कालिका मन्दिरमा यस पटकको चैते दसैँ (नवरात्री) को अवसरमा रु ४० लाख ७२ हजार पाँच सय ५८ भेटी […]

नेपालको ‘ रेटिङ ’ प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ । मुलुकको वित्तिय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधार हो । यस्तै मुलुकको लगानी जोखिमको अवस्थाबारे यथार्थ जानकारी लिन सोभरेयन क्रेडिट रेटिङ गर्ने गरिन्छ । वैदेशिक लगानीकर्ताले लगानीको पूर्वसर्तका रुपमा […]

फाइनान्स कम्पनीहरुको अधिकांशको वितरणयोग्य मुनाफा ऋणात्मक

काठमाडौं ।  फाइनान्स कम्पनीहरुको मुनाफा ऋणात्मक रहन पुगेको छ । बजारमा आर्थिक शिथिलता, घरजग्ग कारोबार न्यून, लगानीको अवस्थामा सुधार नहुदाँ फाइनान्सहरुको लगानीयोग्य रकम चलायमान हुन नसक्दा फाइनान्सहरुको अवस्था सकारात्मक रहेको देखिदैन । यो सँगै चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमध्ये अधिकांशको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको छ । वितरणयोग्य मुनाफा […]

देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अङ्गीकार गरेसँगै अब लगानी बढ्दै जाने विश्वास व्यक्त गरेका छन् । मुलुकमा लगानी वातावरण सुधारका लागि सरकारले चालेका कदमबाट निजी क्षेत्र उत्साही बन्दै गएको उनले बताए । आइतबारदेखि आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई नतिजामुखी बनाउन भइरहेका आन्तरिक प्रयास […]

खनिया एनआईसी एशिया बैंक सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौं । एनआईसी एशिया बैंकका अर्जुन राज खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । खनिया सहायक महाप्रबन्धकबाट बढुवा भएका हुन््। सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टममा काम गरी २० वर्ष भन्दा लामो अनुभव सँगालेका छन् । नेपाल बैंकमा आन्तरीक लेखापरीक्षकको रूपमा नायब प्रबन्धक बनेका खनिया […]

कान्तिलोकपथ दैनिक तीन घण्टा खुल्ने

काठमाडौं । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो । “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा सवारी साधनका लागि खुला रहने छ । मर्मतको काम जारी […]