आज पनि बढ्यो शेयर बजार, २७०० माथि नेप्से, पौने ८ अर्ब बढीको कारोबार

काठमाडौं । मंगलबार घटेको शेयर बजार बुधबार र बिहीबार बढेको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.३० अंकले बढेर ४५०.०८ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.५२ र सेन्सेटिभ फोल्ट […]

शिखर इन्स्योरेन्सको निर्जीवन बीमा अभिमुखीकरण सम्पन्न

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ र शिखर इन्स्योरेन्सको संयुक्त आयोजनामा भक्तपुर जिल्लाका उद्योगी तथा व्यवसायीलाई निर्जीवन बीमासम्बन्धी जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको छ। बुधबार सूर्यविनायकस्थित होटल घ्याम्पेडाँडामा आयोजित कार्यक्रममा बीमाको महत्त्व, प्रक्रिया र लाभबारे जानकारी दिँदै कार्यक्रम सम्पन्न गरिएको हो। संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले व्यवसाय सञ्चालनमा आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा आवश्यक रहेको बताइन्। […]

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचीकृत

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ बिहिबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहित लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरेको २२ लाख ५० हजार र संस्थापकहरुलाई वितरण गरेको ५२ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ […]

हिमालयन डिष्टिलरीको अध्यक्षमा शंकर राज पाण्डे नियुक्त

काठमाडौं ।हिमालयन डिष्टिलरीको अध्यक्षमा शंकर राज पाण्डे नियुक्त भएका छन् ।चैत २० गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले रित्त रहेको सञ्चालन समितिको अध्यक्ष पदमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यस अघिका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले राजीनामा दिए पछि पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले […]

बिमस्टेक शिखर सम्मेलन : सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर, सगरमाथा संबादलाई  निम्तो

काठमाडौं । थाइल्याण्डमा जारी बिमस्टेक सम्मेलनमा हस्ताक्षर समारोह सुरू भएको छ । जसअनुसार बैंककमा बिमस्टेक शिखर सम्मेलनको क्रममा सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । यो पहिलो हस्ताक्षर समारोह हो, जहाँ नेपालका पराराष्ट्र मन्त्री आरजु राणाले हस्ताक्षर गरेकी छिन् । उनले नेपालको तर्फवाट समृद्ध, लचिलो र खुला बिमस्टेकलाई साकार पार्न बलियो राजनीतिक इच्छाशक्तिको […]

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौ । आर्थिक वर्ष २०२४/२५ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०२३/२४ को दर ३.९ प्रतिशतको तुलनामा बढी हो । यद्यपि सन् २०२४ को अन्त्यतिर ठूला प्राकृतिक विपत्तिहरू घटेका थिए । विश्व बैंकद्वारा आज सार्वजनिक नेपाल विकास प्रतिवेदन : ‘आर्थिक वृद्धि उकास्नका लागि उत्थानशीलताको […]

एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरु

काठमाडौं । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरु अन्तर्गत ग्राहकहरूले सधैं अन रिन्युअल प्याकहरुमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरु पाउँछन् । यी दुवै अफरहरू आज बिहीबार (चैत्र २१) बाट लागू भएका छन् र वैशाख १६ सम्म मान्य […]

कजारियाको नयाँ सोरुम बाफलमा

काठमाडौं । भारतको नम्बर १ टायल कम्पनि, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै बाफल, कलंकीमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । राम इम्पोर्ट हाउस्द्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेस, धनुषाका सभापति योगेन्द्र पजियार र उद्योग वाणिज्य संघ काठमाडौँका पूर्व अध्यक्ष […]

काठमाडौं महानगरपालिकामा तानाबानाः प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ कार्यालय प्रवेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई तीन महिना १४ दिनपछि कार्यालय प्रवेश गराइएको छ। उपप्रमुख सुनिता डंगोल तथा कार्यपालिका सदस्यहरूको उपस्थितिमा ताला फोडेर उनलाई कार्यकक्षमा प्रवेश गराइएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई कार्यालय हाजिर गराउने वातावरण बनाउन आग्रह गर्दै एक महिना अघि पत्र पठाएको थियो। सोही निर्देशनअनुसार उनले आज कार्यालय […]

वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो । एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, […]