राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राखेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उनले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएको थियो । यसैगरी बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको […]

संसद् विघटनले विधायन प्रक्रिया प्रभावितः मन्त्री सिन्हा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संविधान जारी भएयता संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह (गरिमा) को प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले संविधान अनुकूल र सङ्घीय प्रणालीअनुसार कानुन सुधार निरन्तर जारी रहेको सभालाई जानकारी दिए । उनका अनुसार […]

साहस उर्जाको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साहस उर्जा लिमिटेडको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको २१ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन् । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, […]

२६.०५ अंकले घट्यो नेप्से

काठमाडौं । सोमबार नेप्से परिसूचक २६.०५ अंकले घटेको छ । बजार २३७२.३९ अंकमा पुगेरा बन्दा भएको छ । यस दिन ३२४ वटा कम्पनी सेयर कारोबार भएको छ । १ लाख २ हजार पटक कारोबार हूँदा २ करोड ६७ लाख ६६ हजार सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने घटेको छ ।  आज कारोबार रकम […]

टी–२० विश्वकप : इटाली ७३ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को  समूह ‘सी खेलमा इटालीले सोमबार स्कटल्याण्डको सामना गर्‍यो । कोलकाताको इडेन गार्डेनमा खेलिएको यो खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनले पराजित गर्‍यो ।  स्कटल्याण्डले दिएको २०८ रनको लक्ष्य पच्छाएको इटाली १६.४ ओभरमा १३४ रनमा अलआउट भयो । इटालीका लागि बेन मानेन्टीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले । […]

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

लिस्बन । पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो विजयी भएका छन् । उनले कट्टर दक्षिणपन्थी उम्मेद्वार आन्द्रे भेन्टुरालाई पराजित गर्दै स्पष्ट बहुमतसहित जित हासिल गरे । आधिकारिक परिणामअनुसार ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा सेगुरोले ६६.७ प्रतिशत मत प्राप्त गरी लिस्बनस्थित नदी किनारको राष्ट्रपतीय निवास ‘गुलाबी दरबार’ मा पाँच वर्षे कार्यकालका लागि निर्वाचित […]

वैदेशिक रोजगारीको नाममा ४० लाख ठगी, ४ महिलासहित ५ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको बहानामा लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै युवाहरूबाट रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने काठमाडौँको कीर्तिपुर नगरपालिका-२ घर भएकी ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, […]

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिरलगायत आसपासका क्षेत्रमा विशेष सरसफाइदेखि अन्य तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिको तयारीका लागि मूल समारोह […]

महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?

महोत्तरी । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ जतिजति नजिकिँदै छ, आफ्ना विषय कसले उठाउँदै छन् भनेर मतदाता चनाखो पार्दैछन् । चुनावको मिति नजिकिँदै गर्दा महोत्तरीमा राजनीतिक दलका नेता/कार्यकर्ता र उम्मेदवारको नगर/गाउँ बस्तीमा सघन आउजाउ बढेको छ । दलका र अन्य स्वतन्त्र उम्मेदवार बस्तीबस्तीमा पुग्दै  जनतासँग हिमछिम बढाउँदै छन् । आम जनता यसैबेला दल र उम्मेदवारलाई आफ्ना मुद्दा सम्झाउँदैछन् […]