जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी

काठमाडौं । अमेरिकाले आगामी साता हुने जी–२० बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रहरूलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दबाब दिने अमेरिकी अधिकारीले बताएका छन् । जी–२० का अर्थमन्त्री र केन्द्रीय बैङ्कका गभर्नरहरू आगामी सोमबार र मङ्गलबार […]

अकल्पनीय बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन

काठमाडौं । २०८२ भदौ ११ गते हेलिकप्टरबाट कर्मचारीहरु परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका ६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको छ । साथै २०८२÷०५÷१२ गते सवेरै देखि नेपाल टलिकमका प्राविधिकहरु रसुवा, नुवाकोट, धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन हुन बाँकी रहेका स्थानहरुमा सेवा सञ्चालन गर्न तथा सञ्चालनमा आइसकेका टावरहरुलाई थप […]

पोखरामा शव पहिचान र परीक्षण सुरु

काठमाडौं ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम सुरु भएको छ । नवलपुर, गोरखा, धादिङ र तनहुँमा भेटिएका ९३ शव यस अस्पतालमा राखिएको छ । ९ वटा मणिपाल शिक्षण अस्पतालमा छन् । शव पहिचानका लागि आफन्तलाई स्क्रिनमा तस्बिर हेर्न व्यवस्था मिलाइएको छ। बाढीमा बेपत्ता भएकाका आफन्तहरू अस्पतालमा पुगेर […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न १० वाणिज्य बैकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ […]

अवरुद्ध टोखा–छहरे–धुन्चे सडक खण्डमा साना सवारी सञ्चालन, रसुवा पुनः सञ्जालमा

काठमाडौं । पहिरोका कारण लामो समयदेखि थप्प बनेको काठमाडौँ-टोखा-छहरे-धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी पुनः सुचारु भएको छ। सडक सञ्चालनमा आएसँगै हिमाली जिल्ला रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिन पुगेको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार काठमाडौँ-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्डमा सवारी आवागमन सुरु भएको हो। सडक सुचारु भएसँगै प्रभावित क्षेत्रमा […]

एमालेले प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नेकपा एमालेले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि युवा स्वयंसेवक फोर्सका स्वयंसेवकहरूलाई परिचालन गरी बिदाइ गरिएको थियो । सोही क्रममा सहयोग रकम घोषणा गरिएको एमाले सचिव महेश बस्नेतले […]

मृतकको संख्या ५३८ पुग्यो, ५४ सेना अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी तथा आसपासका नदीहरूमा आएको भीषण बाढीका कारण हालसम्म ५३८ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो अद्यावधिक विवरणअनुसार विपद्मा परेर २८ जना प्रहरी कर्मचारी र ५४ सेना अझै सम्पर्कविहीन रहेका छन् । बाढी प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धारका लागि ४ हजार ४६७ जना प्रहरी […]

१२१ विदेशी पर्यटकको जीवितै उद्धार, भारतका मात्रै ८५ जना (सूचीसहित)

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्ला भई बग्ने भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएका १२१ जना विदेशी पर्यटकलाई उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले जारी गरेको छैटौँ ‘सिचुएसन अपडेट’ अनुसार भदौ १२ गते (शुक्रबार) अपराह्न ३:३० बजेसम्म १२१ जनाको उद्धार गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन […]

प्रसारण लाइन ट्रिप हुँदा काठमाडौँसहित मध्य क्षेत्रमा विद्युत् आपूर्ति बन्द

काठमाडौं । निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’मा रहेका बेला खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। विद्युत् प्राधिकरणका अनुसार बिहान ६ः४० बजेदेखि हेटौंडा–अमलेखगञ्ज र कमाने–अमलेखगञ्ज १३२ […]

बाढी-पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङका १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा: एनसेल

काठमाडौं । एनसेलले बाढी तथा पहिरोका कारण अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङका १४ वटा मोबाइल टावर पुन सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार तीन जिल्लाका बाढी प्रभावित क्षेत्रमा कुल २७ वटा टावरमा क्षति पुगेको वा अवरुद्ध भएको थियो। जसमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ वटा टावरहरूलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको […]