आजको मौसम : बिहानै देखि पाँच प्रदेशमा वर्षा जारी, सतर्क रहन आग्रह

काठमाडौं । देशका विभिन्न भागमा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले बिहान ४ः४० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, विगत एक घण्टामा सिन्धुपाल्चोकको दुवाचौर मौसम मापन केन्द्रमा सबैभन्दा धेरै १९.६ मिलिमिटर वर्षा मापन गरिएको छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको […]

आजको विनिमयदर : डलर, युरो र पाउण्डको मूल्य घटेयो, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अधिकांश विदेशी मुद्राको विनियमदर घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर […]

प्रधानमन्त्री बालेनको सन्देश : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताएका छन्। रक्षाबन्धनको अवसरमा शुभकामना दिँदै उनले उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताएका हुन्। प्रधानमन्त्री शाहले आज भएका खोज, उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी काम र प्रगतिबारे जानकारी सार्वजनिक गर्दै सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित रहेको बताएका छन्। […]

पृथ्वी राजमार्ग सञ्चालनमा

काठमाडौं रसुवाको बाढीको कारण अबरुद्द रहेको पृथ्बी राजमार्ग संचालन मा आएको छ । पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको पूर्वाधार विकास मन्त्रालयल ले जनाएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। लेदो पन्छाउने तथा सडक खुलाउने कार्यसँगै पृथ्वी राजमार्ग […]

एनसेलले बढायो बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन

काठमाडौं ।एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि भोलि शनिबारबाट लागु हुने गरी थप सात दिन बढाएको छ । यससँगै अब प्रभावित क्षेत्रमा थप एक हप्ता कम्पनीका यी सेवाहरु निःशुल्क उपलब्ध हुनेछन् । यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी […]

प्रधानमन्त्री राहत कोषमा राजी राणाको‌ ब्यक्तिगत एक करोड ९ लाख सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्‌। जुन रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो। उमेरले ८७ बर्ष पुगेकी उनी ब्यवसायीक‌ पृष्ठभुमिकी‌ हुन्‌। उनले आफ्ना ‌सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको‌ अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले जानकारी दिएको‌ छ । सहयोग रकमको चेक शुक्रबार […]

९ सय बढी जलबिधुत आयोजनामा कार्यरत मजदुर सम्पर्कबिहीन

काठमाडौं ।रसुवाको बाढीमा परेर ९३४ जना मजदुर बेपत्ता भएका छन् । गत बुधबार आएको‌बाढीमा निर्माणाधिन जलबिधुतमा कार्यरत उनीहरु बेपत्ता भएका हुन । उद्दार टोलीले २५० जनाको उद्दार गरेपगि अन्य भने सम्पर्कमा नभएको स्वतन्त्र उर्जा उत्पादकको संस्था ईप्पानले जानकारी दिएको छ । कतिपय सम्पर्कमा आएका मजदुरको उद्दार हुन सकेको इप्पानले जनाएको छ ।

मुलुक संकटमा रहदा यति एयरलाइन्सको मल्लम

काठमाडौं बाढी पहिरोको कारण बनेको बिषम‌परिस्थतिलाई मध्यनजर गर्दै नेपाली यात्रुका लागि यती एयरलाइन्सले सबै उडानमा न्युनतम भाडामा उडाउने भएको छ । यती एयरलाइन्सले आज एक सुचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।एयरलाइन्सले सार्वजनिक गरेको सूचनाअनुसार यात्रुलाई राहत प्रदान गर्ने उद्देश्यले सबै उडानमा न्यूनतम भाडादर लागू गरिएको हो। यससँगै यात्रुले अब यती एयरलाइन्सका उडानमा […]

इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त नभएको बताएको छ । हर्मुज जलघाँटी खुले पनि त्यसलाई सैन्य अभियान अन्त्य भएको सङ्केतका रूपमा नलिन उनले चेतावनी दिएको छ । पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हालैको द्वन्द्वपछि इरान गम्भीर सैन्य तथा आर्थिक दबाबमा रहेको दाबी गरे । उनले इरानसँग सैन्य क्षमता सीमित रहेको […]

माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी

काठमाडौं । भीष्म अधिकारीले वार्षिक ५० लाख आम्दानी गर्न थालेका छन्। दश कट्ठा क्षेत्रफलबाट सुरु गरिएकाे माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको हो। उनी बराहक्षेत्र नगरपालिका–९ का मेहनती किसान हुन्। उनले माछापालनबाट दाना, माछाका भूरा, कर्मचारीलगायत खर्च कटाएर वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन्। वि.सं. २०५२ मा दश कट्ठाबाट माछापालन सुरु […]