माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन
काठमाडौं । बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार ६ सदस्यीय चिनियाँ विज्ञ टोली उद्धार कार्यमा खटिएको हो। अत्यन्त जोखिमपूर्ण तथा प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ विज्ञ टोली परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको […]

