प्रधानमन्त्री र भारतीय राजदूतबीच सकियो भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार प्रधानमन्त्री शाह र श्रीवास्तवबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल(भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको […]

आज अर्थमन्त्री र बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिबीच छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् । छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको छ। […]

प्रधानमन्त्री शाहले भारतका राजदूत श्रीवास्तवसँग भेट गर्दै

काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाहले भारतका राजदूतसँग सोमबार भेट गर्दै छन् । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग सोमबार भेट गर्न लागेका हुन् । उनले राजदूत श्रीवास्तवसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्न लागेका हुन् ।

शंकर पोखरेलको प्रश्न : हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक स्टन्ट कि दिगो सञ्चालन ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले हेटौँडा कपडा उद्योग सञ्चालन गर्न खोज्नु राजनीतिक स्टन्ट वा दिगो सञ्चालन भनि प्रश्न अघि सारेका छन् । सामाजिक सञ्जालमा आफनो धारणा व्यक्त गर्ने क्रममा उनले हेटौँडा कपडा उद्योग चलाउने प्रयास गरिन्छ तर पुनः बन्द गरेर पुरानै नियति दोहोरिने गरेको बताए । पोखरेलले उद्योगलाई आधुनिक प्रविधि, व्यावसायिक […]

विद्युत् बिक्री बढेपछि स्नो रिभर्सको नाफा २४१ प्रतिशतले वृद्धि

काठमाडौं । स्नो रिभर्स लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीको नाफा २४१.५० प्रतिशतले बढेर ११ करोड १८ लाख १८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३ करोड २७ लाख ४३ हजार रुपैयाँ मात्र थियो। विद्युत् बिक्री बढेका कारण कम्पनीको नाफामा […]

नेको इन्सुरेन्सको सञ्चालकमा पोखरेल नियुक्त

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको सञ्चालकमा मिनराज पोखरेल नियुक्त भएका छन्। कम्पनीका संस्थापक सेयरधनी कृषि विकास बैंक लिमिटेडको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेका प्रताप सुवेदीको स्थानमा पोखरेललाई मनोनित गरिएको हो। बैंकले बाँकी कार्यकालका लागि पोखरेललाई सञ्चालकमा मनोनित गरी पठाएपछि नेको इन्सुरेन्सको बुधबार  साँझ ५ बजे बसेको सञ्चालक समितिको ५०८औँ बैठकले उनको नियुक्तिलाई समर्थन गरेको कम्पनीले […]

घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला ३ लाख १ हजार ५ सय  रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ थियो । आज चाँदी भने २५ रुपैयाँले बढेको […]

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त आवमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर मर्मतसम्भार गरिएको छ । उक्त कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आवमा छ वटा झोलुङ्गे, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ […]

शिखर पावर डेभलपमेन्टको कम्पनी सचिवमा पौडेल नियुक्त

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले अन्जु पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको  शुक्रबार दिउँसो ३ः३० बजे बसेको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीको २०८२ मंसिर १६ गते सम्पन्न वार्षिक साधारणसभाको निर्णय  बमोजिम कम्पनी सचिव नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिएको थियो। सोही अधिकार प्रयोग गर्दै समितिले […]

९ अफगान निजी विश्वविद्यालयको इजाजतपत्र रद्द

काठमाडौं । अफगानिस्तानको तालिबान प्रशासनले शैक्षिक मापदण्ड उल्लङ्घन, प्रशासनिक कमजोरी तथा अभिलेखमा नक्कली विद्यार्थी देखाइएको आरोपमा नौ निजी उच्च शिक्षा संस्थाको सञ्चालन इजाजतपत्र निलम्बन तथा खारेज गरेको छ । उच्च शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार सात निजी उच्च शिक्षा संस्थाको इजाजतपत्र एक वर्षका लागि निलम्बन गरिएको छ भने दुई संस्थाको इजाजतपत्र स्थायी रूपमा खारेज […]