प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा इप्पान महासचिवद्वारा ११ लाख सहयोग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव टीएन आचार्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । उनले आफ्नो कम्पनी भिजन इनर्जीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेका हुन् । भोटेकोशी विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि आफूले सहयोग रकम प्रदान गरेको उनले जानकारी दिए ।

९ हजार ५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो । महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण गरेको छ । यो मूल्यमा सुन प्रतिदश ग्राम २ लाख ६४ हजार ९२० रुपैयाँमा […]

विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्नु पार्टीको नीति रहेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै सभापति थापाले संकटको समयमा सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने र कांग्रेसले त्यसलाई केन्द्रमा राखेर सहयोग गर्ने बताए । उनले राहत तथा उद्धार कार्यमा देखिएका कमजोरी औँल्याउनु सरकारको आलोचना […]

राहत वितरणमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद् व्यवस्थापन तथा राहत वितरणको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताएका छन् । भोटेकोशी बाढीपछि उत्पन्न सङ्कट तथा देशभरका बाढी प्रभावित क्षेत्रको अवस्थाबारे नेपाली कांग्रेसले आइतबार आयोजना गरेको छलफलमा बोल्दै आङ्देम्बेले केन्द्रीकृत सोचका कारण राहत वितरणमा ढिलाइ भएको बताए । हालै नुवाकोटका बाढी […]

११ टन राहत सामग्री लिएर चौथो पटक काठमाडौं आयो भारतीय वायुसेना

काठमाडौं । भारत सरकारले भोटेकोशी बाढी पीडितको राहत स्वरुप १ टन सामग्री काठमाडौं पठाएको छ । आइतबार बिहान भारतीय वायु सेनाको विमान ११ टन राहत सामग्री सहित त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । नेपालका लागि भारतीय राजदूतवासका अनुसार ११ टन राहत सामग्री बोकेको चौथो उडान नेपाल आइपुगेको छ र उक्त राहत सामग्री हस्तान्तरण गरिएको छ। […]

अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दाबी

काठमाडौं । भेनेजुएलाकी अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले शनिबार नयाँ सम्झौताअन्तर्गत संयुक्त राज्य अमेरिकालाई तेलमा महत्त्वपूर्ण पहुँच दिइए पनि देशले आफ्नो प्राकृतिक स्रोतसाधनमाथिको नियन्त्रण र सार्वभौमसत्ता कायम राख्ने बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको उक्त सम्झौताअन्तर्गत भेनेजुएलाको ६५ अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकाको बहुमत नियन्त्रण रहने […]

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा नेपाललाई भारत–चीनसहित अन्तर्राष्ट्रिय समुदायको सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारत र चीनसहित अन्तरराष्ट्रिय समुदायले सहयोग गरिरहेका छन् । बाढीबाट जनधनको ठूलो क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि भारत र चीनले सुरुआती दिनदेखि नै राहत सामग्री, सुरुङ उद्धार टोली तथा प्राविधिक जनशक्ति उपलब्ध गराएका छन् भने विभिन्न अन्तरराष्ट्रिय संस्थाले […]

विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं ।  सिटि एक्प्रेस मनि ट्रान्फरले नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन […]

रसुवामा खाद्य सामग्री वितरण सुरु

काठमाडौं । सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण गरेको छ । बिहान तीनवटा हेलिकप्टरमार्फत १५ क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टरसमेत प्रयोग गरी बाढीप्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ । भोटेकोशी बाढीले जिल्लाको मुख्य सडक तथा पुल बगाएपछि […]

नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर उपलब्ध

काठमाडौं ।नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा राहत वितरण तथा उद्धार कार्यको सहजताका लागि अर्को व्यवस्था नभए सम्मका लागि निरन्तर उपलब्ध गराउने भएको छ । यो भन्दा पहिले भाद्र १४ सम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध […]