कामना सेवा विकास बैक र थाइरो ल्याब बुटवलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित थाइरो ल्याब बुटवल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त थाइरो ल्याब बुटवलमा कामना सेवा विकास […]

उत्कृष्ट काम गरिरहेका विद्यार्थी उद्यमीलाई सम्मान गर्दै एनवाईईएफ काठमाडौं च्याप्टर, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले इमर्जिङ लिडर २०२४ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थी उद्मीलाई सम्मान गर्ने उद्देश्यले एनवाईईएफ काठमाडौं च्याप्टरले इमर्जिङ लिडर कार्यक्रम आयोजना गर्न लागेको हो । विद्यार्थी उद्यमीलाई प्रोत्साहन र हौसला प्रदान गर्न इमर्जिङ लिडर आयोजना गर्न लागेको एनवाईईएफ काठमाडौं च्याप्टरकी अध्यक्ष प्रार्थना शाखःले बताइन् । ‘हाम्रो […]

बाइकर्स जात्रा अगस्टको चौथो हप्ता आयोजना हुने

काठमाडौं । हजारौँ मोटरसाइकलिस्ट सहभागी रहने बाइकर्स जात्रा (मोटरसाइकलिङ्ग कार्निभल) २०२४ अगस्ट २४ गते गोदावरी भिलेज रिसोर्टमा आयोजना हुने भएको छ। सन् २०१७ मा स्थापित बाइकाहोलिक (Bikeaholic) ले द हिमालयन टाइम्ससंगको सह-आयोजनामा उक्त कार्निभल ओयजना गर्न लागेको हो । बाइकाहोलिक मूलतः बाइक एण्ड कफि र कार एण्ड कफि जस्ता इभेन्टको लागि चर्चित छ । सोही […]

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा जेठ देखि दशरथचन्द नगरपालिका वडा नम्बर स्थित देहीमाण्डौं मा आफ्नो ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा […]

पदपूर्ति प्रक्रियामा भ्रामक समाचार प्रति बीमा प्राधिकरणको ध्यानाकर्षण

काठमाडौं । नेपाल बीमा प्राधिकरणको नियमित कार्यहरूमध्ये पर्ने एक पदपूर्ति प्रक्रियाको सम्बन्धमा केही संचार माध्यमहरुले प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीहरूको मान, प्रतिष्ठा र चरित्र हत्या गर्ने गरी कुत्सित मनसायका साथ भ्रामक, तथ्यहीन, आधारहीन तथा कपोलकल्पित मनगढन्ते कुरा राखी मनोगत रूपमा प्रकाशन गरेको समाचारप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ । बढुवाद्वारा विधिसम्मत् ढङ्गले पदपूर्ति गरिने विषय […]

थोरै बढ्यो सुनको मुल्य

काठमाडौं । हिजो मंगलबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा ६ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ सुनचाँदी ब्यबसायी महासंघका अनुसार […]

वर्षायाममा सडक खन्न रोक

काठमाडौं । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले २०८१ साल असार १ गतेदेखि २०८१ साल भाद्र मसान्तसम्म सडक बिभाग अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न रोक लगाएको छ । यदी कसैले जबर्जस्ती सडक खनेको […]

संघीय प्रतिनिधिसभाको बैठक बस्दै, बिनियोजन बिधेयक माथिको छलफल जारी

काठमाडौं । प्रतिनिधि सभा, २०७९ चौथो अधिवेशन बिहान ११:०० बजे बस्दैछ । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुनेछ । आजको संसद बैठकमा माननीय प्रेम सुवालले “ विनियोजन विधेयक, २०८१ अर्न्तगत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी […]

हिमालयन बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।हिमालयन बैंकको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा रहेको छ । संस्थापक शेयर  बैंकका विध्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न  सक्नेछन् । यसका लागि ३५ दिनको म्याद दिइएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनु पर्नेछ  । संस्थापक शेयरको बिक्री […]

अष्ट्रेलियासँग नामिबिया पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगत अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले  हराएको  छ ।नामिबियाले दिएको ७३ रनको लक्ष्य अष्ट्रेलियाले ५ दशमलव ४ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको छ  । अष्ट्रेलियाका लागि नटआउट रहँदै ट्रभिस हेडले ३४ र माइकल मार्सले १८ रन बनाए । डेभिड वार्नरले २० रन बनाए ।  नामिबियाका लागि डेभिड वाइसले […]