यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

नार्पाभूमि गाउँपालिकाका ५ मतदान केन्द्रको मतपेटिका शुक्रबार ल्याइने

मनाङ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सकिएको छ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका शुक्रबार ल्याइने भएको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले मनाङमा ५४.८० प्रतिशत मत खसेको जानकारी दिए । उनका अनुसार यहाँ कुल सात हजार मतदातामध्ये तीन हजार १६४ मत खसेको छ । महिला एक हजार ४०६ र पुरुष […]

भक्तपुरमा आजैदेखि मतगणना गरिने

भक्तपुर । भक्तपुरका दुवै क्षेत्रमा आजदेखि मतगणना गरिने भएको छ । भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा र क्षेत्र नं २ को मतगणना मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणनाको तयारी भइरहको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । जिल्लाका सबै मतदान केन्द्रबाट मुचुल्का बनाएर मतपेटिका सम्बन्धित मतगणनास्थलमा ल्याउने […]

प्रधानमन्त्री कार्कीः सबैको सहयोगले निर्वाचन सफल भयो (अन्तरवार्ता)

काठमाडौं ।  कठिन परिस्थितिमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको भन्दै सुशीला कार्कीले यसमा सम्पूर्ण राज्य संयन्त्र र जनताको योगदान रहेको बताएकी छन्। विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले आफूले प्राप्त जिम्मेवारी पूरा गर्न सकेकोमा खुसी लागेको बताइन् । उनले निर्वाचन सफल बनाउन मन्त्रिपरिषद्, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार तथा आम मतदाताको […]

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

काठमाडौं । रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण सहमति भएको छ। रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार र शुक्रबार दुई दिनको अवधिमा दुवै देशले गरेर कुल ५००–५०० जना युद्धबन्दीलाई एकअर्कासँग साटासाट गर्ने योजना बनाइएको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा बिहीबार दुवै पक्षबाट २००–२०० जना युद्धबन्दीलाई मुक्त गरी आदानप्रदान गरिसकिएको छ। रुसतर्फ फर्किएका […]

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्स्टेन्डेड वारेन्टी घोषणा

काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लु वृद्धि मोटर्स प्रा. लि.ले नामी बक्स र नामी भिगोका लागि ‘एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रम’ सार्वजनिक गरेको छ। डोङफेङका इभी सवारी साधनहरूमा ब्याट्री र मोटरमा ८ वर्ष वा २,००,००० किलोमिटर (जुन पहिले आउँछ) को स्ट्यान्डर्ड उत्पादक वारेन्टी उपलब्ध छ। अब एमएडब्लु […]

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण […]

चीनले सन् २०२६ का लागि रक्षा बजेट ७ प्रतिशतले बढाउने प्रस्ताव

बेइजिङ । चीनले सन् २०२६ का लागि आफ्नो रक्षा बजेट ७ प्रतिशतले वृद्धि गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। राष्ट्रिय विधायिकामा प्रस्तुत गरिएको बजेट प्रतिवेदनअनुसार आगामी वर्ष चीनले करिब १.९ ट्रिलियन युआन अर्थात् झण्डै २७५ अर्ब अमेरिकी डलर रक्षा क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ। पछिल्ला वर्षहरूमा पनि चीनले आफ्नो रक्षा बजेट स्थिर रूपमा बढाउँदै आएको […]

विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड

काठमाडौं ।  ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध टस जितेर इङ्ल्यान्डले पहिले बलिङ गर्ने निर्णय गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भर्खरै भएको टसमा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले पहिले बलिङ गर्ने निर्णय लिए । इङ्ल्यान्डको प्लेइङ–११ मा कप्तान ह्यारी, फिल साल्ट, जोस बटलर, जेकब बेथेल, टम ब्यान्टन, साम करन, विल ज्याक्स, लियाम […]

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

बारा। आदर्श कोतवाल गाउँपालिका-७ बाट स्रोत नखुलेको नगद ११ लाख २२ हजार रूपैयाँ सहित सुवर्ण गाउँपालिका-१ वगही बस्ने ३२ वर्षीय रोबिन कुमार यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले सिम्रौनगढबाट तेलकुवातर्फ आउँदै गरेको ना.४१ प ३३८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक यादवको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको […]