चितवनमा लक्ष्मी कमर्शियल भेहिकलको ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ सम्पन्न

काठमाडौं । नेपालका लागि एसएमएल इसुजु गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी कमर्शियल भेहिकलले चितवनमा ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ सम्पन्न गरेको छ । जापानी प्रविधिमा आधारित तथा भारतमा निर्माण हुने एसएमएल इसुजु ब्रान्डका गाडीहरूबारे जानकारी दिन ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ कार्यक्रम आयोजना गरेको हो । ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउने उद्देश्य राखिएको कार्यक्रममा दुई सयभन्दा बढी […]

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई सुझाव दिएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सन्दर्भमा नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार आयोजना गरेको कार्यक्रममा चेम्बरले औद्योगिक एवं व्यापारिक क्षेत्रमा देखिएका समस्या एवं सुधारको पहल सहित विभिन्न सुझाव दिएको हो । चेम्बर […]

नेपालमा नियमित रोजगारीमा रहेका श्रमिक १० प्रतिशतभन्दा बढीले घटे

काठमाडौं । आर्थिक शिथिलतासँगै नेपालमा नियमित रोजगारीमा रहेका श्रमिक घट्दो क्रममा रहेको देखिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सार्वजनिक गरेको श्रम अडिट प्रतिवेदन २०८१ मा नियमित रोजगारीमा रहेका श्रमिक घट्दो क्रममा रहेको देखिएको हो । जिफन्टको प्रतिवेदन अनुसार २०८० मा प्रतिष्ठानको प्रत्यक्ष रोजगारीमा रहेका श्रमिकमध्ये नियमति रोजगारीमा रहेका श्रमिक संख्या ५९.७२ प्रतिशत थियो […]

डिप्रोक्स लघुवित्तको नाफा ७०.८५ प्रतिशतले बढ्यो

काठमाडौं ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा बढेको बताएको हो । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाको खुद मुनाफा ४३ करोड २१ लाख रहेको छ जुन गत आवको सोहि अवधिको तुलनामा खुद मुनाफा १७ करोड ९२ लाखले बढी हो । गत आवको […]

नेप्सेसँगै करिब साढे १ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सामान्य अंकले बढेको शेयर बजार सोमबार र मंगलबार दोहोरो अंकले घटेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.९३ अंकले घटेर ४४३.५४ विन्दुमा पुगेर […]

प्रतिनिधिसभाबाट ‘भन्सार विधेयक’ पारित

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भनेर गरेको प्रस्ताव पारित भएको हो । यो विधेयक १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रतिनिधिसभामा विधेयक दर्ता गरेका थिए । उक्त विधेयक १८ चैत २०८० मा […]

एनएमबि बैंकको पहलमा ६ करोड बराबरको हरित वण्ड जारी गर्ने साझेदारी

काठमाडौं । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु( आइएफसी, बीआइआइ र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय रोजगारी श्रृजना हुने लक्ष्य समेत लिएको छ […]

कोरिया पठाउने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका–२ घर भएकी ५१ वर्षीया मुना कार्की पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै […]

विकासलाई तीव्रता दिन तीनै तहका सरकारबीच सहकार्य आवश्यक

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण तथा विकासलाई गति दिन तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मधेश प्रदेशको बर्दिवासमा आयोजित संघीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती विषयक छलफल तथा अन्तर प्रदेशीय एकता र भिन्नता विषयक भौतिकमन्त्रीहरूको अन्तरप्रादेशिक छलफलमा उनले तीनै तहका सरकारबीच दर्विलो विश्वास र समन्वयले मात्र विकास […]

कति छन् पोखरा विमानस्थल घोटलामा अनुसन्धान गर्नु पर्ने अधिकारीहरु ?

काठमाडौं । पोखरा क्षेत्रिय विमानस्थल निर्माणको क्रममा प्राविधिक, आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको पाइएको छ । संसदीय समितिले विमानस्थल निर्माणको क्रममा प्राविधिक, आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको ठहर गरे सँगै विमानस्थल निर्माणको क्रममा संलग्न रहेका सदस्यहरु उपर छानबिन गर्नु पर्ने माग गरेको छ । विमानस्थल निर्माणको क्रममा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिका संयोजक […]