भारतबाट गहुँ आयातका लागि ७ वटा प्रतिष्ठान छनौट

काठमाडौं । भारतबाट कोटाको गहुँ आयात गर्न सरकारले ७ वटा व्यापारिक प्रतिष्ठान छनौट गरेको छ । भारतले नेपाललाई कोटा सुविधाअन्तर्गत ९० हजार मेट्रिक टन गहुँको सुविधा उपलब्ध गराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गहुँ आयात गर्नका लागि ७ वटा व्यापारिक प्रतिष्ठान छनोट गर्नुका साथै उनीहरुलाई कोटा पनि प्रदान गरेको छ । छनोटमा […]

एक महिनामा ६६ प्रतिशतले बढ्यो विदेशी लगानी प्रतिवद्धता

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा आउने विदेशी लगानी प्रतिबद्धता एक महिनाको अवधिमा ६६ प्रतिशतले बढेको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको फागुनमसान्तसम्म विदेशी लगानी प्रतिबद्धतास्वरूप ४४ अर्ब ६६ करोड ३ लाख रुपैयाँ आएको हो । सो प्रतिबद्धता ४२७ वटा उद्योग स्थापना र ११ हजार ४७५ जनालाई रोजगारी दिने उद्देश्यका साथ आएको हो । जुन चालू आर्थिक वर्षको […]

भल्भो ईसी२२० एक्स्काभेटर नेपालमा सार्वजनिक

काठमाडौं । भल्भो ईसी२२० एक्स्काभेटर नेपालमा सार्वजनिक भएको छ । पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्स प्रालिले भल्भो ईसी२२० एक्स्काभेटर नेपालमा सार्वजनिक गरेको हो । ग्रुपले आफनो प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्लीको परिसरमा आयोजित एक कार्यक्रम बिच भल्भो ईसी२२० एक्स्काभेटर सार्वजनिक गरेको हो । भल्भो कन्स्ट्रक्सन इक्वीमेन्ट अन्तर्गतको नेपालको निर्माण तथा खानी उद्योगलाई […]

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेल जनताले चुनेका होइनन् : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले उनीहरूलाई सीमित सांसदहरूले चुनेको बताए । उनले वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठुला बडा सबै मिलेर खानलाई चाहिएको बताए । गरिब जनताका लागि यो व्यवस्था उचित नभएको उनले […]

जुम्लामा हाहाहाहु गरेर आएको जस्तो होइन इतिहास पढेर बहस गर्न आउनु : सांसद पन्त

काठमाडौं। एमाले सांसद रघुजी पन्तले संसद्को विशेष समयमा राजाहरूको काण्ड सुनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले उठेर विरोध जनाएका छन् । आफ्नै वंशको बहादुर शाहलाई मारेको, रणबहादुर शाहले उपद्रो मच्चाएको, राजेन्द्र विक्रम शाहको पालामा कोतपर्व गरेको घटना उनले सुनाएका थिए । यस्तै, त्रैलोक्य विक्रमलाई युवराज छँदा विष खुवाइएको उनले उल्लेख गरे । यस्तै उनले […]

कुलमानको ताकेता : मध्यभोटेकोशी र खिम्ती-बाह्रबीसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्नू

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती-बाह्रबीसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो, हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम […]

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताए । हामीले मन्त्रालय तथा स्वास्थ्य बीमा बोर्डका तर्फबाट गर्न सकिने कार्ययोजना कार्यान्वयन अघि बढाएका छौं, […]

बीमा प्राधिकरणको नवनियुक्त सञ्चालक पोखरेलद्वारा सपथ ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष लिएकी हुन् । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा कोही […]

राधी विद्युत कम्पनीको साधारण सभा स्थगित

काठमाडौं । राधी विद्युत कम्पनीले आइतबारलाई बोलाएको विशेष साधारण सभा स्थगित गरेको छ । कम्पनीले कम्पनीको विशेष साधारण सभा कम्पनी ऐन २०६३ बमोजिम गणपूरक संख्या नपुगेको भन्दै विशेष सधारण सभा स्थगित गरेको हो । आइतबार बिहान ८ बजेको लागि बोलाइएको सभा स्थगित गरिएको हो । साधारण सभा प्रयोजनका लागि शेयरधनी दाखिला खारेजी बन्द (बुकक्लोज) मिति […]

लाइफ इन्स्योरेसन्स कम्पनीको सञ्चालक समितिमा कोमल अग्रवाललाई निरन्तरता

काठमाडौं लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा कोमल अग्रवाललाई नियुक्त गरिएको छ । कम्पनीमा यस अघि पनि सञ्चालक समितिले अग्रवाललाई सञ्चालनको जिम्मेवारी दिएको थियो । फागुन २५ गते अग्रवालको कार्यकाल समाप्त भए सँगै उनलाई सञ्चालकको जिम्मेवारी पुन दिइएको हो । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालमा पुनः जिम्मेवारी दिने निर्णय गरेको थियो ।