मधेशमा सुरक्षा व्यवस्था कडा

जनकपुरधाम। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आचारसंहिता उल्लघङ्न हुन नदिन तथा निष्पक्ष तथा शान्तिपूर्ण वातावरण कायम गर्नका लागि योजनाबद्ध रुपमा निर्वाचनको तयारी भइरहेको मधेस–प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । प्रदेशसँग जोडिएका नेपाल –भारत सीमाक्षेत्रमा सुरक्षामा कडाइ गरिएको छ । चेक प्वाइट खडा गरिएको छ भने […]

कामना सेवा विकास बैंकले प्रदान गर्ने रिर्सच ग्रान्ट (अनुदान) को अन्तिम मिति चैत मसान्त सम्म

काठमाडौं । कामना सेवा विकास बैंकले प्रदान गर्ने एमफिल र स्नातकोत्तर अध्ययरत सोधकर्ता विद्यार्थीहरुलाई अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) को म्याद चैत मसान्त सम्म थप गरिएको छ । विभिन्न विश्वविद्यालयहरु तथा विद्यार्थीको अनुरोधमा उक्त म्याद थप गरिएको हो । अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थीहरु र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा सूचना प्रविधिमा […]

श्री स्टील्सले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाडौं । श्री स्टील्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त […]

कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः आठको मृत्यु, थुप्रै घाइते

कराची । पाकिस्तानको आर्थिक केन्द्र कराचीमा आइतबार अमेरिकी वाणिज्य दूतावासमाथि इरान समर्थक प्रदर्शनकारीहरूको आक्रमण प्रयासका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको उद्धार सेवाले पुष्टि गरेको छ । घटनाले सहरको सुरक्षा अवस्था एकाएक तनावग्रस्त बनाएको छ । एएफपीका पत्रकारका अनुसार सयौँ युवा प्रदर्शनकारीहरू वाणिज्य दूतावासको मुख्य गेटमाथि चढेर कन्सुलर भवनको […]

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिई त्यसलाई भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारी सामूहिक जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा जुट्नुपर्ने बताएका  छन् । निर्वाचन हुनुअघि, निर्वाचनको बेला र निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयमा आज श्रव्यदृश्यका माध्यमद्वारा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन निर्देशन दिए । […]

इरानमा अमेरिका–इजरायल आक्रमणको समीक्षा गर्न आइएइएद्वारा असाधारण बैठक आह्वान

काठमाडौं । अमेरिका र इजरायलको आक्रमणपछि इरानको आणविक कार्यक्रमसँग सम्बन्धित घटनाक्रमको समीक्षा गर्न संयुक्त राष्ट्रसङ्घको आणविक एजेन्सी (आइएइए) ले सोमबार इरान विषयमा असाधारण बैठक बोलाउने निर्णय गरेको छ । भियनामा आधारित आइएइएले शनिबार विज्ञप्ति जारी गर्दै बैठक रुसको अनुरोधमा आयोजना गरिएको बताएको छ । यसअघि इरानले आइएइए प्रमुख राफेल ग्रोसीलाई पत्र लेखेर आक्रमणपछि घटनाको तत्काल […]

खोटाङमा २१ मतदानस्थल अतिसंवेदनशील

खोटाङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने एक लाख ४७ हजार १२० मतदाता छन् । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ अतिसंवेदनशील, ६४ संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला […]

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौं । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गरेको हो । कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनको पालना गर्न, घरभित्र रहन, उचित सावधानी अपनाउन, अज्ञात […]

एमडब्ल्यूसी २०२६ मा भिभो एक्स ३०० अल्ट्रा को पहिलो झलक

काठमाडौं । फाल्गुण १७ भिभोले मार्च २ देखि ५ सम्म बार्सिलोनामा हुने मोबाइल वल्र्ड कांग्रेस (एमडब्ल्यूसी) २०२६ मा आफ्नो सहभागिताको घोषणा गरेको छ । उक्त कार्यक्रममा भिभोले आफ्नो आगामी फ्ल्यागशिप फोन ’एक्स३०० अल्ट्रा’ को पहिलो ग्लोबल प्रिभ्यु प्रस्तुत गर्ने भएको छ । एमडब्ल्यूसी २०२६ मा भिभोको पहिलो उपस्थिति कम्पनीको विश्वव्यापी प्रविधि नेतृत्वतर्फको यात्रामा महत्वपूर्ण रणनीतिक […]

कर्णाली विकास बैंकका सञ्चालकहरूसँग मागियो स्पष्टीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकका सञ्चालकहरूलाई १० दिनभित्र स्पष्टीकरण पेस गर्न ताकेता गरेको छ । राष्ट्र बैंकले यही फागुन १६ गतेको मिति राखेर उक्त मितिले १० दिनभित्रमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले स्पष्टीकरण पेस गर्न आउनेबारेमा सूचना जारी गर्दै भनेको छ, ‘समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन सञ्चालक समितिका अध्यक्ष […]