सप्तकोसी सिमेन्टको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटलल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले १०० (एक सय) रुपैयाँ दरका चुक्ता पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ । यस सम्बन्धमा बुधबार त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा दुवै पक्षबीच […]

एनपिएल क्रिकेटमा पोखराको पहिलो जित, साविक विजेता जनकपुरको लगातार तेस्रो हार

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिले जित निकालेको छ ।  पोखराले साविक विजेता जनकपुरलाई पराजित गर्दै दोस्रो संस्करणमा पहिलो जित निकालेको हो । सुरुवाती दुई खेलमा पराजित पोखराले साविक विजेता जनकपुरलाई २५ रनले पराजित गर्दै २ अंक जोडेको हो । पोखरा र जनकपुर दुवैले यसअघि सुरुआती दुवै खेलमा हार व्यहोरेका थिए […]

बाढी बापत बीमा कम्पनीहरुले गरे १ करोडका माथि दाबि भुक्त्तानी

काठमाडौं । देशमा मिति २०८२ साल असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका ७४४ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव रू. ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्धे हालसम्ममा करिव रू. १ करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको छ । विभिन्न १३ वटा निर्जीवन बीमा […]

बीमा कम्पनीहरुले गरे जेन्जी आन्दोलत बापतको ४ अर्ब बढी भुक्तानी

काठमाडौं । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार २५५ वटा बीमा दाबीको करिव रू. २३ अर्ब ४३ करोड ४१ लाख दााबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ । प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त […]

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष दिनेश सरियाले लिए सपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियालाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा निर्देशक शाम्भ राज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरू उपस्थित थिए ।

जेन–जी आन्दोलनः अपराधिक कार्यमा संलग्न ५९५ जना पक्राउ, २८३ विरुद्ध मुद्दा दर्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गत २३ र २४ भदौमा लुटिएका हातहतियार फिर्ता ल्याउन देशभर ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गरिएको बताएका छन्। बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन्। उनका अनुसार हालसम्म आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ थान हतियार बरामद गरिएको छ। उनले जेन–जी आन्दोलनका क्रममा जेल ब्रेक […]

काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा

काठमाडौं । काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुभारम्भ गरे । सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा […]

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स बीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

काठमाडौँ । नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ । उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट […]

सामाजिक सुरक्षा कोषको लगानी १ खर्ब २६ अर्ब

काठमाडौं । सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिएका हुन् । आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा बोल्दै उनले लगानी कार्यविधि बमोजिङ मुद्दति खातादेखि विभिन्न […]

नेपाल उद्योग वाणिज्य महासंघलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोवल पार्टनरसीप अवार्ड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसीप अवार्ड २०२५ प्राप्त गरेको छ । नेपालमा हरित सीप विकास तथा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यमा पुर्‍याउको योगदानको लागि महासंघले सो अवार्ड प्राप्त गरेको हो । यो अवार्डको घोषणा अक्टोवर २८ का दिन लन्डनमा आयोजित गोइङ ग्लोवल २०२५ सम्मेलनका क्रममा गरिएको थियो । सोही […]