नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा चीन, भारत, पाकिस्तान, र बङ्गलादेशका स्टल बुकिङ्क

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले २०८२ बैशाख २५ देखि २९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair-(NITF) मा चीन, भारत, पाकिस्तान, र बङ्गलादेशका स्टल बुकिङ्क भएका छन् । महासंघले प्रत्येक वर्ष नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२५ दशौं संस्करण हो […]

सहकारी,लघुवित्त र मिटरब्याजी पीडितले एउटै स्वरमा भनेः ओली सरकारको दिनगन्ति शुरु

काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोष व्यक्त गरेका छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा ओली सरकारको दिनगन्ति शुरु भएको भन्दै सुनुवाई नगरे अफूहरुपनि प्रतिबादमा उत्रनेसमेत चेतावनी दिएका छन् । ‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित कार्यक्रममा लघुवित्त तथा […]

गभर्नर नियुक्तिमा ६५ वर्षे उमेर हद नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले गभर्नर नियुक्तिमा उमेर हद हटाउने गरी भएको मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । मंगलबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले उक्त मापदण्ड तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश गरेको हो । अर्थ मन्त्रालयले चैत १८ गते ’अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी […]

नयाँ वर्षको स्वागतसँगै सामसङको टेरा–फिक सुरुवातः ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा उपलब्ध

काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १टिबी नेपाली बजारमा लन्च भएको घोषणा गरेको छ । मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ । अभूतपूर्व स्टोरेज र पर्फर्मेन्स ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले तपाईँका […]

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट युवा प्रतिभा प्रोत्साहनको लक्ष्य

काठमाडौं । दराजले, दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो ग्रुप–वाइड म्यानेजमेन्ट ट्रेनी कार्यक्रम हो । यसको प्रमुख उद्देश्य भन्नु नै, भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानिय प्रतिभालाई पहिचान गर्दै ई–कमर्श क्षेत्रलाई थप समृद्ध बनाउदै लैजानु हो । १५ महिने घुम्ती कार्यक्रमका […]

बढेको शेयर बजार अझै २६०० मा, नेप्से २७ अंकले बढ्दा २ अर्ब बढीले बढ्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सामान्य अंकले घटेको शेयर बजार मंगलबार भने बढेको छ । मंगलबार भने नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.०७ अंकले बढेर ४५०.५२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.९९ र […]

विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड

काठमाडौं । विदेशी संस्थामा सरकारले ११ अर्ब ५२ करोड संस्थागत शेयर लगानी गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार सरकारले बहुराष्ट्रिय तथा क्षेत्रीय वित्तीय संस्थाहरू स्थापना हुँदादेखि त्यस्ता संस्थाहरूसँग सम्झौता गरी सेयर लगानी गर्दै आएको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक, सार्क विकास […]

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बैंकले उक्त शेयर आम सर्वसाधारणका व्यक्ति, संस्था र कम्पनीका लागि आज मंगलबारदेखि बिक्री खुला गरेको हो । यस अघि सोही संस्थापक शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको थियो । संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणलाई बिक्री गर्न […]

सान्भी इनर्जीले वैशाख ५ गते आइपीओ बिक्री गर्ने

काठमाडौं । सान्भी इनर्जीले वैशाख ५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गर्न लागेको हो। कम्पनीले जारीपुँजी ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशतले हुन आउने ३७ करोड ९० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ […]

संघ, प्रदेश र स्थानीय तहलाई आन्तरिक ऋणको सीमा सिफारिस, जिडिपीको ५ र १२ प्रतिशत माथि नजानु

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष तीन तहका सरकारले उठाउन पाउने आन्तरिक ऋणको सीमा सिफारिस गरेको छ । आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋण उठाउँदा संघ सरकारले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशत र प्रदेश तथा स्थानीय तहले आफ्नो आन्तरिक स्रोत तथा वित्तीय हस्तान्तरणबाट प्राप्तसमेत कुल राजस्वको १२ […]