३ अर्ब ७७ करोड बजेट विनियोजन नागरिक उड्डयनको लागि

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षक लागि नागरिक उडयान क्षेत्रको लागि ३ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस क्षेत्र अन्तर्गत विभिन्न विमानस्थल अर्थात् त्रिभुवन विमानस्थल, भरतपुर विमानस्थलको स्तरन्नोति तथा निजगढ विमानस्थल निर्माण गरिने बताइएको छ । साथै सञ्चालनमा नरहेका विमानस्थलहरुको समेत निर्माण तथा सुधार गरिने अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने […]

निगजढ अन्तर्राष्ट्रिय विमानस्थल निजी साझेदारमा निर्माण गरिने

काठमाडौं । निगजढ अन्तर्राष्ट्रिय विमानस्थल निजी साझेदारमा निर्माण गर्न आगामी आर्थिक वर्ष भित्रमा लगानीको ढाचा र पूर्व तयारीका कार्य सम्पन्न गरिनेछ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो बताएका हुन्।

जनकपूर ‘वेडिङ हब’, लुम्बिनी ‘वर्थिङ हब’

काठमाडौं । सरकारले नेपालमा बिबाहका लागि आउने विदेशी पर्यटकलाई लक्षित गरि जनकपूरलाई ‘वेडिङ हब’का रुपमा विकास गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले जनकपूरलाई ‘वेडिङ हब’ बनाउने घोषणा गरेका हुन् । यस्तै भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनीलाई ‘वर्थिङ हब’का रुपमा विकास गर्ने घोषणा गरिएको छ ।

१० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने सरकारको योजना

काठमाडौं ।नेपाललाई सूचना प्रविधिको हवको रुपमा विकास गरिनेछ। सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने र पाँच लाख प्रत्यक्ष रोजगारी तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको पष्टाङ वर्षको रुपमा अघि बढाइने छ। सूचना प्रविधिलाई अर्थतन्त्रको सम्भाहक क्षेत्रको रुपमा स्थापित गरिनेछ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार […]

आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने र यसका लागि पर्यटन प्रवद्र्धन गरिने बताएका हुन् । यसका लागि विदेशमा रोड शो जस्ता कार्यक्रम गरिने बताइएको छ ।

उर्जा क्षेत्रको विकास गर्न आगामी आर्थिक वर्षका लागि ५० अर्ब ७४ करोड बजेट

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन गरिएको घोषणा गरेका हुन् ।  

फलफुल क्षेत्र विकासका लागि १ अर्ब ४४ करोड बजेट

काठमाडौं ।फलफुल क्षेत्र विकासका लागि १ अर्ब ४४ करोड बजेट विनियोजन गरिएको छ । संघ प्रदेश र स्थानीय तह मिलेर मध्यपहाडमा सुन्तला, हिमाल र उच्च पहाडमा स्याउ र तराई मधेशमा आँप र केरा उत्पादन तथा निर्यात गर्ने योजना रहेको छ । साथै कृषि फार्म, विरुवा उत्पाद क्षेत्र, भण्डारण गृहहरु निर्माण गर्ने बताइएको छ । फलफुलको […]

हरित हाइड्रोजन प्रवर्दधन, अनुसन्धान र विकास गर्न बजेट

काठमाडौं । हरित हाइड्रोजन प्रवर्दधन, अनुसन्धान र विकास गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो बताएका हुन्।

गाँजाको व्यवसायिक खेतीका लागि कानुनी प्रवन्ध गरिने

काठमाडौं । सरकारले गाँजाको व्यवसायिक खेती खुला गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक खेतीका लागि कानुनी प्रवन्ध गरिने घोषणा गरेका हुन् । गाँजाको व्यसायिक खेती खुला हुनुपर्ने भन्दै जनस्तरबाट माग हुँदै आएको थियो ।

कृषिमा लगानी दशक घोषणा

काठमाडौं । कृषिको व्यापसायीकरण र आधुनिकरण गरी उत्पादन र उत्पादकत्व अभिकरण गरिनेछ। सरकारी, निजी, सहकारी र विकास सझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो घोषणा गरेका हुन्।