कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए/नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ । आजदेखि लागू भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई चुस्त तुल्याउने उद्देश्यका साथ केन्द्रले काठमाडाैं उपत्यकाबाहिर नौ जिल्लामा टोली खटाएको प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए । ‘आयोजनाको गतिविधि र सेवा प्रवाहमा निगरानी तथा छड्के गर्ने […]

वस्तुगत उपाध्यक्षमा श्रेष्ठ र घिमिरे प्रतिस्पर्धा गर्दै

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षका लागि नरेशलाल श्रेष्ठ र शिव प्रसाद घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । यही २९ र ३० चैतमा हुन लागेको महासंघको साधारणसभा र वस्तुगत उपाध्यक्षका लागि श्रेष्ठ घिमिरे प्रतिस्पर्धा गर्न लागेका हुन् । उम्मेदवार श्रेष्ठले आफू वस्तुगत उपाध्यक्षका लागि योग्य रहेको बताएका छन् । श्रेष्ठले आफ्नो टोली सशक्त, […]

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति, ७ दिनभित्र प्रतिवेदन बुझाउने

काठमाडौं । सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिले फेवातालको चार किल्ला सिमानाभित्रको जग्गाको हालको अवस्था र निर्माण भएका संरचना लगायतको अध्ययन गर्ने […]

वर्षौंदेखि अलपत्र परेका सडकका ठेक्का तोडिँदै

कञ्चनपुर। लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका विभिन्न सडक आयोजनाका ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । पूर्वाधार विकास कार्यालय र डिभिजन सडक कार्यालय महेन्द्रनगरले लामो समयदेखि अलपत्र रहेका तथा पटक पटक मौखिक र लिखित ताकेता गर्दासमेत बेवास्ता गरी हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएका सडको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । कार्यालयले १५ […]

इरानका गुप्तचर प्रमुख मारिएपछि अमेरिका–इजरायल–इरान तनाव झनै चर्कियो

काठमाडौं । मध्यपूर्व क्षेत्रमा इरान, अमेरिका र इजरायलबीचको तनाव दिनप्रतिदिन चर्किँदै गएको छ । पछिल्लो घटनाक्रम अनुसार इरानले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) का गुप्तचर प्रमुख माजिद खदेमी अमेरिका–इजरायलको संयुक्त आक्रमणमा मारिएको दाबी गरेको छ । सोमबार बिहान भएको उक्त आक्रमणपछि इजरायलले पनि यस घटनाको जिम्मेवारी लिएको बताइएको छ, जसले द्वन्द्वलाई अझ गम्भीर बनाएको छ। यसैबीच […]

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका सभापति अनिताकुमारी साहले वार्षिक प्रतिवेदन २०८२ पेस गरेका छन् । जनकपुरधाममा प्रदेशसभा भवनमा आज आयोजित कार्यक्रममा समितिका सभापति साहले सो प्रतिवेदन प्रस्तुत गरेको हो । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा समितिका सदस्यहरूको पनि सहभागिता रहेको थियो । प्रतिवेदनमा प्रदेशको आर्थिक अवस्था, बजेट कार्यान्वयनको प्रगति, योजना […]

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सभामुखमा निर्वाचित भएपछि आज पहिलो बैठकको अध्यक्षता गर्दै सभामुख अर्यालले संसद्लाई निष्क्रियता नभई सक्रिय कार्यसम्पादनको थलो बनाउन तथा सदनलाई असल संवैधानिक अभ्यासबाट सुसञ्चालन गर्न सबैसँग सहयोगको अपेक्षा गरे । सभामुख […]

जलविद्युत क्षेत्रमा ठूलो विस्तार: १ मेगावाटभन्दा माथिका सयौं आयोजनाले पाए निर्माण अनुमति, उत्पादन क्षमता ११ हजार मेगावाट

काठमाडौं । नेपालमा जलविद्युत विकासले पछिल्ला वर्षहरुमा उल्लेखनीय गति लिएको छ । १ मेगावाटभन्दा माथिका २५८ वटा जलविद्युत आयोजनाहरुलाई प्रदान गरिएको निर्माण अनुमतिअनुसार कुल उत्पादन क्षमता ११ हजार ३३.५५८ मेगावाटभन्दा बढी रहेको देखिएको छ। ऊर्जा क्षेत्रको पछिल्लो विवरणले देश ऊर्जा उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढिरहेको संकेत दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रसँग सम्बन्धित निकायहरुले […]

सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सबै रोजगारदातालाई आग्रह गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलगायत विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकले न्यूनतम पारिश्रमिक तथा अन्य सुविधा नपाएको […]

प्रतिनिधिसभाबाट ३ अध्यादेश स्वीकृत

काठमाडौं ।  प्रतिनिधिसभाबाट तीन अध्यायदेश स्वीकृत भएको छ । सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्म रूपमा स्वीकृत भएको हो । बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । त्यसअघि सभामुख डोलप्रसाद […]