यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ […]

लिटिल एन्जल्सलाई लोयल्टी कप

काठमाडौं। लिटिल एन्जल्सले १४ औं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीमा भएको फाइनलमा लिटिल एन्जल्सले काठमाडौं भ्याली स्कुललाई ५–१ गोलले पराजित गर्‍यो । प्रणव बोगटीले ह्याट्रिक गरे भने सन्द्रप शाहीले २ गोल थपे । काठमाडौं भ्यालीका नोर्बु छिरिङ घलेले सान्त्वना गोल गरे । प्रतियोगिता […]

प्रमोद खरेलको ‘याद’ मा सुवासको जीवन्त अभिनय

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘याद’ सार्वजनिक भएको छ। गीतकार रिमा श्रेष्ठले रचना गरेको यो गीतमा सम्झना‚ माया र भावनाको गहिरो स्पर्श महसुस गर्न सकिन्छ। गीतको म्युजिक भिडियो रिमा श्रेष्ठको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हाे। रवीन्द्र पौड्याल रिभेरीले गीतमा संगीत भरेका छन्। संगीत संयोजन तथा एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन्। भिडियोमा उत्कृष्ट […]

सवारी साधन हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले सबै प्रकारका सवारी साधनमा सवारी साधन हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात (एल.टि भि.रेसियो) हाल कायम ६० प्रतिशतबाट वृद्धि गरी अधिकतम ८० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयसमक्ष औपचारिक अनुरोध गरेको छ । नाइमाका अनुसार हालको ६० प्रतिशतको सीमा अटोमोबाइल बजारमा देखिएको सुस्तताको प्रमुख […]

निर्वाचन आचारसंहिता उल्लंघनमा ७५ जनालाई स्पष्टीकरण, ५२ ले दिए जवाफ

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघनमा ७५ जनालाई स्पष्टीकरण सोधिएको छ । यसमध्ये ५२ जनाले जवाफ दिएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये ७५ वटाका सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको हो । २१ फागुनमा तोकिएको निर्वाचनका लागि आयोगले तोकेको […]

दाङमा रास्वपा सम्पर्क कार्यालय तोडफोड

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । उक्त तोडफोडको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनकि भएको छ । जसमा युवा संघ र एमालेको नारा लगाउँदै केही युवाहरुले तोडफोड गरेको देखिन्छ । बिहीबार […]

किम जोङ उन : उत्तर कोरियाली जनताको जीवनस्तर सुधार्ने वाचा

सियोल। उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको दुर्लभ वर्कर्स पार्टी सम्मेलनको उद्घाटन गर्दै जनताको जीवनस्तर सुधार्ने र राष्ट्रको आर्थिक विकास तीव्र पार्ने प्रतिज्ञा गरेका छन् । सम्मेलनले प्योङयाङमा राज्यको सबै क्षेत्रमा निर्देशन र कार्यान्वयनका योजना प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताइएका छन् । किमले भाषणमा भने, “हाम्रो पार्टीले आर्थिक निर्माण र जनताको […]

जीवन बदलिने आशामै छन् बोटे समुदाय

नवलपरासी । बोटे समुदाय परम्परागत पेसामै निर्भर छन् । पुस्तौँदेखि माछा मार्ने, डुङ्गा चलाउने र ज्याला मजदूरी गर्ने पुख्र्यौली पेसा नै यो समुदायका व्यक्तिको मुख्य आम्दानीको स्रोत हो । शिक्षा, स्वास्थ्य र सडकको पहुँचमा केही सहज भए पनि आवश्यक सीप, वैकल्पिक रोजगारी र स्थायी बसोबासको सुनिश्चितता नहुँदा यो समुदायको जीवनस्तरमा अपेक्षित सुधार आउन सकेको छैन। […]

हमासः गाजाको पुनर्निर्माण आक्रमण रोकिएपछि मात्र सुरु हुनुपर्छ

गाजा सिटी । प्यालेस्टिनी इस्लामवादी आन्दोलन हमासले गाजाको भविष्यबारेको राजनीतिक प्रक्रिया इजरायली ‘आक्रमण’ पूर्ण रूपमा रोकिएपछि मात्र सुरु हुनुपर्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डको पहिलो बैठकपछि बिहीबार जारी विज्ञप्तिमा हमासले नाकाबन्दी हटाउने, जनताको वैध राष्ट्रिय अधिकार सुनिश्चित गर्ने र स्वतन्त्रता तथा आत्मनिर्णयको अधिकारलाई पहिलो प्राथमिकताका रूपमा राख्नुपर्ने जोड दियो । ट्रम्पको बोर्डको […]

एपस्टिन सम्पत्तिबाट साढे तीन करोड डलर मुआब्जा प्रस्ताव

वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितहरूका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख अमेरिकी डलरसम्म भुक्तानी गर्न सहमति जनाएको प्रस्तावित अदालतको फैसलामा उल्लेख गरिएको छ । बिहीबार दायर गरिएको उक्त प्रस्तावले लामो समयदेखि विवादित रहेका दाबीहरूलाई सामूहिक रूपमा समाधान गर्ने बाटो खोलेको छ । फैसलाअनुसार यो […]