‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म

काठमाडौं ।  बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ को चौधौँ संस्करण आगामी चैत २ देखि ८ गते (मार्च १६–२२, २०२६) सम्म नेपालसहित विश्वभर मनाइने भएको छ । नेपालमा रहेक वर्षजस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ‘ग्लोबल मनी विक २०२६’ आयोजना गर्ने […]

विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित ३ भारतीय पक्राउ

काठमाडौं ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी […]

भारतीय रुपैयाँसँगको विनिमयदर पुनरावलोकन गर्नेछौं : रास्वपा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले भारतसँगको विनिमयदर पुनरावलोकन गर्ने बताएको छ । रास्वपाको आगामी निर्वाचनका लागि बिहीबार सार्वजनिक वाचापत्रमा भारतसँगको विनिमयदर अध्ययन र पुनरावलोकन गर्ने उल्ले्ख गरिएको छ । ‘भारतीय रुपैयाँसँगको तीन दशकदेखि स्थिर विनिमयदर कायम रहेकोमा विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरू समेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गर्नेछौं,’ रास्वपाको वाचापत्रमा लेखिएको छ ।

रमाडा बाइ विन्धाम इटहरीले पायो नेपाल सरकारको प्रतिष्ठित “अति उत्तम” खाद्य गुणस्तर प्रमाणपत्र

काठमाडौं । आफ्नो रजिस्टर्ड प्यारेन्ट कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रतिष्ठित “अति उत्तम” फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरिएको छ। हालै प्रदान गरिएको “अति उत्तम” रेटिंग नेपालमा खाद्य तथा हस्पिटालिटी व्यवसायलाई दिइने सबैभन्दा उच्चकोटीको प्रमाणिकरण हो। यसले होटलले सरकारी खाद्य सुरक्षा […]

काठमाडौंको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औँ स्थानमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायुप्रदूषण घटिरहेको छ । आज दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ। गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो। हावा चल्ने दर बढेसँगै वायुप्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ । एक्युआइका अनुसार मङ्गलबार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा […]

संयुक्त उर्जाले आइपीओ बिक्रीका लागि अनुमति माग्दै बोर्डमा दियो आवेदन

काठमाडौं । संयुक्त उर्जा लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आइपीओ बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ४१ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

पोखरा । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । िशुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन् । नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको […]

एक वर्ष भित्र सार्वजनिक खरिद सम्बन्धी कानुन संशोधन गर्ने : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले एक वर्षभित्र सार्वजनिक खरिद सम्बन्धी कानुन संशोधन गर्ने बताएको छ । काँग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक खरिदमा हुने मिलेमतोको अन्त्य गर्दै स्वच्छ खरिद, समयमै गुणस्तरीय सेवाप्रवाह काम सुनिश्चित गर्नका लागि एक वर्षभित्र सार्वजनिक खरिद सम्बन्धी कानुन संशोधन गर्ने बताएको हो । सार्वजनिक खरिद सम्बन्धी सार्वजनिक खरिद ऐन, २०६३ कार्यान्वयनमा रहेको छ […]

७ महिनामा व्यापार घाटा ९ खर्ब ५५ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०८२\८३ सात महिना (साउन–माघ)मा आयात र निर्यात दुबै बढेको छ । भन्सार विभाग अनुसार चालु आर्थिक वर्ष २०८२\८३ को माघसम्म निर्यात ३२.१९ प्रतिशत र आयात १३.६५ प्रतिशतले  वृद्धि भएको छ । विभागका अनुसार चालु आवमा ११ खर्ब  २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँको आयात भएको छ । जुन गत आवको […]

मुख्य याममा सौराहामा पर्यटक घटे

चितवन।  विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउँ छन् । गत वर्ष […]