आजको सार्वजनिक बिदा कटौती, सबै प्रकारका कार्यालय खुल्ने

काठमाडौं । सोमबारबाट काठमाडौं जिल्लाका सबै प्रकारका कार्यालय खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘काठमाडौं जिल्लाका कार्यालयहरू खोल्ने र सेवा सुचारु राख्ने विषयको सूचना’ जारी गर्दै सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएको हो । मौसममा सुधार आएकाले सरकारले दिएको बिदामा एक दिन कटौती गर्दै सबै प्रकारका कार्यालय सञ्चालनका लागि निर्देशन दिएको हो । ‘विगत […]

आजको मौसम : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन […]

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

एक करोड खर्चेर अतिथि आवास निर्माण

बागलुङ । भक्तजनको सुविधाका लागि बिहुँस्थित कोतघरमा दुई वटा अतिथि आवासगृह निर्माण गरिएको छ । बिहुँकोटबाट रोजगारीको सिलसिलामा जापान पुगेकाहरुको सहयोगमा बागलुङको काठेखोला गाउँपालिका–६ स्थित बिहुँकोत मन्दिरमा दुई पक्की आवासगृह निर्माण गरिएको हो । जापान समाज बिहुँकोट र बिहुँकोट समाज जापानको पहलमा विभिन्न ५१ जनाले प्रदान गरेको एक करोड रकमबाट २६ जनासम्म बस्न मिल्ने अतिथि […]

‘अकबरे खुर्सानी बिक्री गर्न बजारको समस्या छैन, माग धेरै छ’

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ को भानुमतिका कृषकले अकबरे खुर्सानी उत्पादनबाट करिब रु ४५ लाख आम्दानी गरेका छन् । सामूहिक अकबरे खुर्सानीखेती गरेका त्यहाँका कृषकले रु ४५ लाख आम्दानी गरेका हुन् । मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषक समूहमार्फत यहाँ अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमानबहादुर थापाले जानकारी दिए । त्यहाँका ३५ जना कृषक अकबरे […]

पर्यटकका पर्खाइमा पर्वतका ‘होमस्टे’

पर्वत । वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास) सुनसान बनेका छन् । जिल्लामा पाँच दर्जन बढी होमस्टे सेवा सञ्चालित छन् । वर्षायामका कारण सुनसानजस्तै बनेका होमस्टेहरु जेनजी प्रदर्शनका क्रममा थप प्रभावित बनेका हुन् । मनसुन सकिन थालेसँगै पर्यटकका पर्खाइमा रहेको भए पनि तत्काल पर्यटक आउने सम्भावना नरहेको भन्दै चिन्तित बनेका […]

वैशाखयताको विपद्मा परेर २८५ को मृत्यु, २७ बेपत्ता

काठमाडौं । यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ। आजसम्मको विवरणअनुसार अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले आइतबार मात्रै ४४ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताइन् । सबैभन्दा बढी आइतबार इलाममा ३७ जनाको […]

तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित

काठमाडौं । मलेसियाविरुद्धको टी–२० आई सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलि पराजित भएको छ । आज भएको खेलमा नेपाल १३ रनले पराजित भएको हो । योसँगै मलेसियाले ५ खेलको सिरिजमा २–१ को अग्रता लिएको छ । पहिलो खेलमा मलेसियाले ३ रनको जित हात पारेको थियो । दोस्रो खेलमा भने नेपालले ६ विकेटको जित […]

बाढीपहिरोबाट देशभर ४९ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण देशभर विभिन्न स्थानमा आएको बाढी, पहिरो र चट्याङले ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ। नेपाल प्रहरीको साढे १ बजेसम्मको तथ्यांकअनुसार शुक्रबार र शनिबार परेको भारी वर्षाका कारण सिर्जित प्राकृतिक प्रकोपमा परी इलाममा सबैभन्दा बढी ३७ जनाको मृत्यु भएको छ। सो जिल्लामा ७ जना घाइते भएका छन् भने एकजना अझै बेपत्ता […]

नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताए । साथै प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।