कांग्रेस केन्द्रीय समिति बैठकबाट प्रतिज्ञापत्र पारित

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज भएको भर्चुअल बैठकले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र पारित गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले पार्टीको प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कांग्रेसले आजै जनकपुरमा आयोजित विशेष समारोहमार्फत पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ । […]

व्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब

टोकियो। जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब ७.५ अर्ब अमेरिकी डलर) बराबरको व्यापार घाटा दर्ता गरेको छ । यो पछिल्ला तीन महिनामध्ये पहिलो व्यापार घाटा हो । बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार निर्यातमा उल्लेखनीय वृद्धि भए पनि आयातको कुल परिमाण उच्च रहेकाले समग्र व्यापार सन्तुलन घाटामा गएको हो । जापानको वित्त […]

युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश

काठमाडौं । मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार दोस्रो दिनको वार्ता जारी राखेर चार वर्षअघि सुरु भएको युद्धपछि उत्पन्न राजनीतिक र सैन्य मतभेदहरूको समाधान खोज्ने प्रयास गरेका छन् । अधिकारीहरूका अनुसार दुवै पक्षले राजनीतिक र सैन्य मार्गदर्शनका विषयमा कार्य समूहमार्फत परामर्श गर्दै छन् र हिजो छलफल गरिएका निर्णयका मापदण्ड र कार्यान्वयनको स्पष्टता […]

इ–कमर्स निर्देशिका कार्यान्वयनमा, सयौंको संख्यामा रहेको अनलाइन व्यापारलाई सहजीकरण उपभोक्तालाई समेत राहत

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार (इ–कमर्स) निर्देशिका, २०८२ कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले मंगलबारदेखि कार्यान्वयनमा ल्याएको उक्त निर्देशिकाले अनलाइन व्यापार गर्न चाहने व्यक्ति, संस्था तथा कम्पनीहरुलाई सहजीकरण गर्ने भएको छ । निर्देशिका अनुरुप विद्युतीय व्यापार गर्न जो कोहिले पनि गर्न पाउने छ भने उनीहरु वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पोर्टलमा […]

टाटा पन्च इभी खरिदमा विशेष योजनाः ७० प्रतिशत रिसेल ग्यारेन्टीको सुविधा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च.इभी मा निकै आकर्षक योजना सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा पन्च.इभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो। यो योजना फेब्रुअरी महिनाभर टाटाको लोकप्रिय पन्च.इभी खरिदमा मात्र लागू हुनेछ। कम्पनिका अनुसार पन्च.इभी खरिद […]

यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी

काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ । ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजनिक बिदा रहेको छ । मङ्गलबार दिउँसो १३ः०० बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १९१ पुगेको थियो भने आज सोही समयमा घटेर ११४ मा झरेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार मङ्गलबार काठमाडौं विश्वकै […]

गण्डकी प्रदेशमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन सम्पन्न, सिकन्दर गुरुङकाे अध्यक्षतामा ९ सदस्यीय समिति गठन

काठमाडौं ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर गुरुङलाई निर्वाचित गरेको छ भने उनकाे नेतृत्वमा ९ सदस्यीय प्रदेश समिति गठन गरिएको छ। समितिमा उपाध्यक्ष चेतनाथ भण्डारी, सचिव बालचन्द्र घिमिरे, कोषाध्यक्ष शिव गुरुङ र सदस्यहरू तारा भट्राई, गणेश मल्ल, प्रेम […]

रहमानको मन्त्रिपरिषद् घोषणा

ढाका । भारी चुनावी विजयपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा गर्दै सङ्कटग्रस्त अर्थतन्त्र पुनर्जीवित गर्ने र क्षेत्रीय तथा आन्तरिक सुरक्षाका चुनौती सामना गर्ने सङ्केत गरेका छन् । सन् २०२४ को घातक विद्रोहपछि अन्तरिम प्रशासनमार्फत सञ्चालन हुँदै आएको शासन व्यवस्थाबाट औपचारिक रूपमा जिम्मेवारी सम्हालेका रहमानले मङ्गलबार पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद् सार्वजनिक गरेका हुन् […]

मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने भएको छ । यहाँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतदानस्थलमा छ कर्मचारी रहने गरी उक्त सङ्ख्यामा निर्वाचनस्थलमा कर्मचारी खटाउने तयारी गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दीपेन्द्र पौडेलका अनुसार मुस्ताङका ३९ मतदानस्थलमा मतदान […]

विभिन्न देश पठाउने भन्दै ४४ लाख ठगी गर्ने पक्राउ

काठमाडौं ।  प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका-३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ र खोटाङ केपिलासगढी गाउँपालिका-२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका काठमाडौँ उपत्यका अपराध […]