लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा

काठमाडौं। आयोजक लोयल्टी एकेडेमी र फेरिल्यान्ड १४ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लोयल्टी समूह ‘बी’ को विजेता तथा फेरिल्यान्ड सोही समूहको उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् । लोयल्टीले राइजिङ स्टारलाई ३–०, फेरिल्यान्डलाई १–० र मन्जरीलाई २–० गोलले पराजित ग¥यो । फेरिल्यान्डले मन्जरीलाई ७–० तथा राइजिङ स्टारलाई […]

आधुनिक कृषि प्रणालीमार्फत उत्पादन र आम्दानी बढाइन्छ : कृषि मन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा मदन परियारले सरकारले आधुनिक कृषि प्रणालीमार्फत किसानको उत्पादन र आम्दानी बढाउने लक्ष्य लिएको बताएका छन् । मन्त्रालयको अर्ध वार्षिक समीक्षा कार्यक्रममा उनले मुलुकको आर्थिक समृद्धिका लागि कृषि तथा पशुपक्षी क्षेत्रलाई आत्मनिर्भर बनाउन सरकारले सेवा केन्द्र विस्तार तथा सुदृढीकरणमा जोड दिइरहेको बताएका हुन् । मन्त्रालयले चालु आवको अर्धवार्षिक अवधिमा […]

निर्वाचन आउन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एव्म सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को […]

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा […]

देशभर १९ वटा विपतका घटना, १५ स्थानमा आगलागी 

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएका छन् । त्यसमा १५ वटा त आगलागीका घटना भएका छन् । असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत […]

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौं । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ । सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो […]

आज उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना 

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भई बाँकी भागमा मुख्यतया मौसमसफा रहेको छ । महाशाखाका अनुसार […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

टी–२० विश्वकप : नेपालको सान्त्वना जित

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । सान्त्वना जित निकाल्ने क्रममा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपाले १९.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ५० रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले ४३ […]

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो । उसका लागि माइकल जोन्सले विष्फोटक ब्याटिङ गरे । ४५ बल खेलेका उनले ८ चौका […]