माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी

काठमाडौं । माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। प्रबर्दक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार यस आयोजनामा लिड बैंकको रुपमा रहेको एनएमबि बैंकले ६ अर्ब ८१ करोड र सहायक बैंकको रुपमा रहेको […]

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । नेप्से परिसूचक ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५२ वटा कम्पनीको १ करोड ९ लाख ५६ हजार कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा कारोबार रकम १० करोड ५२ लाख रुपैयाँले  घटेको हो । शुक्रबार कारोबार रकम ४ […]

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको उठेर विरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको भूमि नेपालले मिचेको भन्ने अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा विरोध गरेका छन्। सिंहदरबारस्थित संसद् भवनमा सोमबार सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्। गत जेठ १७ […]

त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दाबी

काठमाडौं । इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको रक्षा सम्झौताले मध्यपूर्व तथा आसपासका मुलुकको संयुक्त राज्य अमेरिकाप्रतिको धारणा परिवर्तन भइरहेको सङ्केत गरेको दाबी गरेको छ । तेहरानले क्षेत्रीय मुलुकहरू आफ्नो सुरक्षा सुनिश्चित गर्न अमेरिकामाथिको निर्भरता घटाउँदै आफ्नै सुरक्षा सहकार्यतर्फ अघि बढिरहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सोमबार साप्ताहिक […]

रोपाइँ सकिँदा पनि मल नपाएकोमा प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस लगायत देशका विभिन्न भागमा देखिएको रासायनिक मलको चरम अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । रोपाइँ सकिँदा समेत किसानले सहज रूपमा मल नपाउँदा ठुलो समस्यामा परेको भन्दै उनले तत्काल मलको आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन् । सोमबार सामाजिक […]

नाइमा मोबिलिटी एक्स्पो २०२६ : कुन ब्रान्डले पाए कुन हल र स्टल नम्बर? (विस्तृतमा)

काठमाडौं । साउन २६ गते अर्थात् भोलिदेखि ३१ गतेसम्म हुने नेपाल अटोमोबाइल इन्डस्ट्रीको प्रतिक्षित ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को तयारी द्रुत गतिमा भइरहेको छ। प्रदर्शनीस्थलमा ५१ वटा स्टल निर्माण तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। यसपटकको एक्स्पोमा ५५ भन्दा बढी चर्चित ब्रान्डका सवारीसाधन प्रदर्शित हुनेछन्, जसमा २० लाख रुपैयाँदेखि साढे ३ करोड रुपैयाँसम्म मूल्य […]

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ । केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ । सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण जारी छ । काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न […]

२० ठूला बहुराष्ट्रिय करदातासँग अर्थमन्त्रीको छलफल सुरु, एनसेलदेखि सूर्य नेपालसम्म सहभागी

काठमाडौं । अर्थमन्त्रीले आह्वान गरेको २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँगको छलफल सुरु भएको छ। छलफलमा सूर्य नेपाल प्रा.लि., एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राइप्स प्रा.लि., गोर्खा ब्रुअरी प्रा. लि., हिमालय एअरलाइन्स् प्रा.लि., होङ्शी शिवम् सिमेन्ट प्रा. लि., डुसान इनरबिलिटी कम्पनी लिमिटेड, डाबर नेपाल (प्रा.) लि., वोटलर्स नेपाल (तराई) लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, एशियन पेन्ट्स (नेपाल) […]

पूर्वी चीनमा टाइफुन ‘डल्फिन’ कमजोर भए पनि यातायात प्रभावित

काठमाडौं । टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी वर्षा भएपछि सयौँ उडान रद्द भएका छन् भने केही क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी)का अनुसार आँधीले आइतबार झेजियाङ प्रान्तको तटमा दुई पटक प्रवेश गरेपछि शक्ति गुमाएको हो । केन्द्रले सोमबार बिहान आँधीसम्बन्धी सबैभन्दा न्यून […]

प्रधानमन्त्री शाहलाई नरेन्द्र मोदीको शूभकामना हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा भारतीय राजदूत नवीन श्रीवास्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेको राजदूत श्रीवास्तवले उल्लेख गरेका छन्। प्रधानमन्त्री शाहसँगको शिष्टाचार भेटबारे सामाजिक सञ्जालमार्फत […]