लुकाएको ग्यास सिलिन्डर भेटिएपछि ५० हजार जरिवाना
नेपालगन्ज। नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा एक किराना पसललाई रु ५० हजार जरिवाना गरिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । अनुगमनका क्रममा पसलमा लुकाएर राखिएका १३ वटा ग्यास सिलिन्डर भेटिएको थियो । उपभोक्ता संरक्षण ऐन, […]

