ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने तपाइ हाम्रो सहकारीका ९० जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको […]

सिटिजन लाइफमा ४ जना सञ्चालकको पदावधि थपियो, अध्यक्षमा पाण्डेको निरन्तरता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्समा ४ जना सञ्चालकको पदावधि थपिएको छ। कम्पनी सञ्चालक समितिको बैठकले ४ जना सञ्चालकको पदावधि थप्ने निर्णय गरेको हो। जसअनुसार सञ्चालक प्रदीपजंग पाण्डे, समितकुमार अग्रवाल, मनोज कार्की र महेश्वर स्वार पदावधि थपिएको छ। यी ४ जना सञ्चालकको पदावधि यही साउन ६ गतेबाट सकिँदैछ। तर, साधारणसभा सम्पन्न गर्न समय लाग्ने भएकोले आगामी […]

७.२५ अंकले बढ्यो नेप्से, करोबार पनि वृद्धि

काठमाडौं । मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन, ३४३ वटा कम्पनीको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम १ अर्ब १५ करोड ८७ लाख रुपेयाँले बढेको छ । […]

सरकारले शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क लागू नगर्ने

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रितशत कर हताएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते बजेट भाषणमा साउन १ गतेदेखि लागु हुने गरि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशतका दरले समता कर लगाएपछि आलोचना भएको थियो । आज प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेख्दै हालका लागि शिक्षा समता […]

ढोरपाटन आवातजावतमा सास्ती

काठमाडौं । स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा सास्ती भोग्नुपरेको छ । फल्लेघरदेखि देउरालीसम्मको तीन किमी सडक अस्तव्यस्त बनेकाले आवातजावतमा सास्ती व्यहोर्नुपरेको ढोरपाटन–९ का वडाध्यक्ष खिमबहादुर घर्तीले बताए। निर्माण कम्पनीले बर्खायाममा सडक विस्तारको काम सुरु गरेपछि समस्या निम्तिएको हो। “पानी पर्नासाथ पहिरा खस्ने, सडक हिलाम्मे भएर यातायात अवरुद्ध हुने गरेको छ, वर्षायामभरि यो समस्या […]

विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार

काठमाडौं । बालबालिकाको मानसिक स्वास्थ्य, सुरक्षा र डिजिटल लतप्रतिको बढ्दो चिन्ताबीच विश्वका विभिन्न देशले सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अघि सारेका छन् । फ्रान्सको संसद्ले मङ्गलबार १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमाथि मतदान गर्दै गर्दा विश्वका करिब २० देशले यस्तै कानून लागू गरिसकेका वा तयारी गरिरहेका छन् । एएफपीका अनुसार […]

वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन

काठमाडौं । वर्षायाममा देशभर नियमित, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्दै ग्राहक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भएको छ । वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख, सातवटै प्रदेश कार्यालयका प्रमुख तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरूसँग समीक्षा तथा निर्देशन बैठक बसेको […]

वैदेशिक रोजगार ठगीको उजुरी, पक्राउ पुर्जी अब सिधै प्रहरी प्रणालीमा

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण तथा पीडितलाई सहज रूपमा न्यायमा पहुँच दिलाउने उद्देश्यले अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ। प्रणालीको मंगलबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले विभागमा शुभारम्भ गरेका हुन्। नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगारीका क्रममा ठगी, बढी रकम असुली, इजाजतपत्रविना विदेश पठाउने, श्रमिक शोषणलगायतका […]

लक्ष्मी कमर्सियल भेहिकल्सका ग्राहकहरु सुर्खेतमा भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

काठमाडौं । एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । स्थानीय विद्यालयका सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकहरूको उल्लेखनीय सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।  कार्यक्रमको मुख्य आकर्षणका रूपमा कम्पनीले ‘हिरोई बीएस ६ स्कुल बस’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक […]

काठमाडौँ जिल्ला अदालतले २६ हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा २६ हजार ४४५ मुद्दा फैसला गर्न सकेन । सो आर्थिक वर्षमा कुल ४६ हजार २७७ थान मुद्दा दर्ता भएकामध्ये १९ हजार ८३२ थान मुद्दा फैसला भएका थिए । गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण अदालतमा रहेका मिसिलमा ठूलो क्षति पुग्न गएकाले मुद्दा फैसला गर्न ढिलाइ […]