श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकको अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरुको कार्यान्वयनमा जोड दिँदै श्रम शोषणका सबै अवस्थाको अन्त्य गरी श्रमिकका अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। बुधबार १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसमा शुभकामना दिँदै आयोगले सरकारलाई श्रमिकका लागि संविधानमा व्यवस्था गरिएका तथा अन्तर्राष्ट्रिय श्रम सम्बन्धी सन्धिहरुको कार्यान्वयनमा जोड दिन […]

