लखनउ ५ विकेटले विजयी

काठमाडौं । आजको आइपिएलको पहिलो  खेलमा लखनउ सुपर जाइन्ट्स  ले सनराइजर्स हैदराबाद  लाई ५ विकेटले हराएको छ। हैदराबादको मैदानमा भएको यो खेलमा पहिले ब्याटिङ गर्दै हैदराबादले २० ओभरमा १५६ रन बनाएको थियो। सुरुमा विकेट झरे पनि हेनरिक क्लासेन (६२ रन) र नितिश कुमार रेड्डी (५६ रन) ले राम्रो खेलेर टोलीलाई सम्हालेका थिए। लखनउका बलर मोहम्मद […]

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा शनिवार (चैत २१ गते) बर्दिवासमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी दुईदिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक एवम् नियमन महाशाखा प्रमुख शाम्भ राज लामिछानेले वित्तीय प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाइराख्न AML/CFT को प्रभावकारी […]

रत्ननगरले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने

चितवन। रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई निः शुल्क शिक्षा दिन लागिएको हो । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार विद्यालयलाई अपुग रकम नगरपालिकाले उपलब्ध गराएर निःशुल्क शिक्षा दिन लागिएको हो । नगरपालिकाले माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयन गर्न सुझाव समिति बनाएर अध्ययन […]

हप्तामा २ दिन विदा दिने बालेन सरकारको निर्णय राजपत्रमा प्रकाशित

काठमाडौं । शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय भएको थियो । पेट्रालियम आपूर्तिमा उत्पन्न असहजताका कारण यो निर्णय गरिएको बताइएको छ ।

मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’

मोरङ। नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास एवं रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएको छ । महासङ्घ कोशी प्रदेशको आठौँ प्रदेशसभा तथा निर्वाचन कार्यक्रम–२०८२ को आज विराटनगरमा उद्घाटन गर्दै उनले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सरकारको सहयोगमा स्थानीय स्रोतसाधानको अधिकतम उपयोग गरी मुलुकमा आर्थिक समृद्धि ल्याउनुपर्नेमा […]

युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छुः सभामुख अर्याल

काठमाडौं ।  प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताउका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना […]

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

काठमाडौं । नेपालमा क्रिकेट केवल खेल मात्र होइन, यो भावनासँग जोडिएको विषय हो। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक “पावर्ड बाई” प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ। युवा खेलाडीहरूको सपना साकार पार्ने र नेपाली खेलकुदको उत्साहलाई सम्मान गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो। एक महिनासम्म […]

महासंघको एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समूहका यी हुन् उम्मेदवारहरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघको आसन्न निर्वाचनमा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समुहबाट एशोरिएट्सतर्फ उपाध्यक्ष श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका हुन् । ज्योत्सना समूहले उपाध्यक्ष सहित १६ जना सदस्यले बिहीबार हनुमान जयन्तीको अवसर […]

शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना अभियान र शुल्क असुल गरे कार्वाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८३ सुरु हुनुअघि विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली नगर्न निर्देशन जारी गरेको छ । केही संस्थागत बिध्यालयले शैक्षिक सत्र सुरु हुनु अगावै बिधार्थी भर्ना अभियान संचालन गरेका थिए । सोही बिषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो सर्वोच्चले शैक्षिक सत्र सुरु हुनु अगाबै भर्ना अभियान […]

साना तथा मझौला उद्योगका लागि कर्जामा ६० प्रतिशत जोखिम भार लागू

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग (एसएमई) क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरेको छ । यस निर्देशिका अनुसार साना तथा मझौला उद्योग (एसएमई)लाई ३ करोड रुपैयाँसम्मको ऋण प्रदान गर्दा जोखिम भार ६० प्रतिशत  मात्र […]