सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय भवन निर्माण हुने
दमौली ।तनहुँको ऋषिङ गाउँपालिका–१ गैराखुदीस्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ । तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा रु एक करोड ४४ लाखको लागतमा विद्यालयको नयाँ भवन निर्माण हुन लागेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत सो आयोजनाले उक्त विद्यालय भवन निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । विद्यालय भवन निर्माणका लागि बोलपत्र […]

