नेपाल दूरसञ्चार कम्पनीको लाभांश घोषणा

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश पारित गर्न कम्पनीले पुस ३० गते, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु […]

बैंकिङ प्रणालीमा अधिक तरलता १० दिनको लागि २५ अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक  तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज पुष ९ गते  २५ अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले १० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय […]

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा मिति पनि तय

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित)  गरी १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्ताव पेश गर्न चिलिमिले पुस ३० गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले […]

नाडाको साधारणसभा तोकिएको समयमा नै हुन्छ _ नाडा

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को   साधारण सभा ४९औं साधारणसभा पुष ९ गते नै हुने जनाएको छ । नाडाले आफ्नो साधारणसभा  विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने पुनः स्पष्ट  पारेको हो नाडाले निर्धारित समयमा साधारणसभा नहुने भन्ने समाचार  भ्रम पूर्ण  र निराधार रहेको  जनाएको छ । नाडाले  यो संस्था नाडा लोकतान्त्रिक […]

आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा २० जना कर्मचारी माग गरेको हो । कम्पनीले वरिष्ठ प्रबन्धक/प्रबन्धक/नायब प्रबन्धक/सहायक प्रबन्धक (व्यवस्थापकीय श्रेणी) मा ४ जना, वरिष्ठ अधिकृत/अधिकृत (कार्यक्रम/अनुगमन अधिकृत) (अधिकृत श्रेणी) मा ६ जना र वरिष्ठ सहायक/सुपरभाइजर (शाखा प्रबन्धक) (सहायक श्रेणी) मा १० जना […]

पाँच महिनामा ७ अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट करिब ८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त नाकाबाट पाँच महिनाको अवधिमा ७ अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । यो अवधिमा पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची […]

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ । यहाँस्थित कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लम्बाइको […]

एनएलजी इन्स्योरेन्सको साधारणसभाको मिति घोषणा, लाभांश पारित गर्ने 

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार २० वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा दिउँसो साढे १ बजे शुरू हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम […]

विजय लघुवित्तले एफपीओ जारी गर्ने, कति दिन पाइन्छ आवेदन ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले यही पुस २१ गतेदेखि एफपीओ जारी गर्ने भएको हो । साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त एक आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ । यस्तो अनुपात ७०ः३० कायम गर्नु पर्ने […]

‘नेप्सेमा राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्ने संचालकलाई फिर्ता बोलाउनु’

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट नेप्सेमा प्रतिनिधित्व गर्ने संचालकलाई फिता बोलाउन सुझाव दिएको छ । बैंकि क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ को प्रतिवेदनमा राष्ट्र बैकको प्रतिनिधित्व गर्ने संचालकलाई फिता बोलाउन सुझाव दिएको हो । उक्त प्रतिवेदनमा केन्द्रिय बैंकबाट नेप्सेमा संचालक प्रतिनिधित्व स्वार्थ बाझिने हुनाले बैंकल्पिक व्यवस्था गरी प्रतिनिधिहरुलाई फिर्ता बोलाउनुपर्ने निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ […]