“जेनजी” आन्दोलनले ल्याएको परिवर्तन स्वीकार्दै पार्टीलाई नयाँ दिशामा अगाडि बढाउन कोइरालाको आह्वान

काठमाडौं । डा. शेखर कोइरालाले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई “जेनजी” आन्दोलनले ल्याएको परिवर्तन स्वीकार्दै पार्टीलाई नयाँ दिशामा अगाडि बढाउन आह्वान गरेका छन्। आज बिहान जारी गरिएको एक सन्देशमा उनले पार्टीको नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्नेमा जोड दिएका हुन्। कोइरालाले देशमा उत्पन्न राजनीतिक परिस्थितिको उल्लेख गर्दै “जेनजी” आन्दोलनले नयाँ सरकार गठन गर्न बाध्य पारेको र यसलाई […]

राष्ट्रपति पौडेलद्धारा प्रतिनिधिसभा विघटनको घोषणा, फागुन २१ गते आमनिर्वाचन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गरेका छन्। राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेका हुन्।   शुक्रबार राति नै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय गरेकी थिइन्। कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुअघि संसद विघटन गर्ने सहमति राष्ट्रपतिसहित सबै पक्षबीच जुटेको […]

प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् । शितलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकार प्रमुख बनाउने र उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटेको हो । उक्त सहमतिलाई महासचिव पोखरेलले बिडम्बनापूर्ण भनेका हुन् । ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउने […]

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने बताइएको छ । आजै सानो मन्त्रीपरिषद्समेत गठन गरिने बताइएको छ ।

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति

काठमाडौं । दिनभर चलेको राजनीतिक परामर्शपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति जुटेको स्रोतले जनाएको छ। प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा समेत पक्षबीच समझदारी बनेको छ। कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी आम निर्वाचन सम्पन्न गर्ने म्यान्डेट दिने सहमति भएको छ।

शीतल निवास अघि हर्क र कुलमानका समर्थकको प्रदर्शन

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा अन्तरिम सरकार प्रमुखका विषयमा आफूले भनेको मान्छे हुनुपर्ने भन्दै प्रदर्शन भएको छ । धरानका मेयर हर्क साङपाङ र विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा शीतल निवास अगाडि नाराबाजी भएको हो । युवाहरुले नाराबाजी गरेपछि नेपाली सेनाले एक्सन लिएर भिड नियन्त्रण गरेको छ ।

निजी क्षेत्रसँगको छलफलपछि राष्ट्र बैंकले नीतिगत सहजीकरण गर्ने संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शुक्रबार निजी क्षेत्रका शीर्ष निकायहरूसँग अर्थतन्त्र पुनःस्थापनाबारे विस्तृत छलफल गरेका छन्। हालैको प्रदर्शनका कारण प्रभावित भएका उद्योग, व्यवसाय र वित्तीय क्षेत्रमा देखिएको संकट समाधानका लागि सुझाव संकलन गर्न उनले उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स तथा बैंक–वित्तीय संस्थाका प्रतिनिधिहरूसँग अलग–अलग बैठक गरेका हुन्। छलफलमा सहभागी […]

जेन–जी अभियन्ता र कानुन व्यवसायी लिएर सुशीला कार्की शीतल निवास प्रवेश

काठमाडौं । नयाँ सरकार गठनको सम्भावनाबारे छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा एक टोली शुक्रबार शीतल निवास पुगेको छ। छलफलमा जेन–जी आन्दोलनसँग आबद्ध अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि सहभागी भएको स्रोतले जनाएको छ। नयाँ सरकारको नेतृत्वका लागि कार्कीको नाममा प्रारम्भिक सहमति बने पनि संसद् विघटनबारे भने […]

काठमाडौँ महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘जेन–जी’ प्रदर्शनका क्रममा सडकमा यत्रतत्र छरिएका भग्नावशेष हटाउने कार्य सुरु गरेको छ । फोहर तथा भग्नावशेष हटाउने क्रममा ब्रुमर, फोहर व्यवस्थापन र फोहर पन्छाउनेसहित १०० गाडी परिचालन गरिएको महानगरपालिकाअन्तर्गत वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिए । प्रमुख राईका अनुसार कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वरलगायत स्थानका सडक सफा गर्ने काम […]

हालैको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति चेम्बरद्धारा दुःख व्यक्त, संवाद र सहकार्यमा जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आन्दोलनका क्रममा औद्योगिक र व्यवसायिक क्षेत्रमा गम्भिर क्षति भएको उल्लेख गर्दै चेम्बरले वर्तमान […]