राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्न लागेको ‘राष्ट्रिय आर्थिक गणना–२०८२’ लाई सफल र उपलब्धिमूलक बनाउने अभियानमा नेपाल उद्योग परिसङ्घ सरिक हुने भएको छ । राष्ट्रिय आर्थिक गणना सञ्चालन तथा सहकार्य गर्ने सन्दर्भमा आज यहाँ आयोजित अन्तक्र्रियामा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अभियानलाई सफल तुल्याउन सम्पूर्ण उद्योगी व्यवसायीका तर्फबाट सक्दो सहयोग हुने बताए। राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख […]

बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदमा यथावत् राख्ने निर्णय

काठमाडौं । निर्वाचन आयोगले गुठी संस्थानलाई श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका औतारी धर्मगुरु श्री भूपतिबज्र लामालाई साविककै पदमा बहाल गरी सोको जानकारी माघ २७ गते कार्यालय समयभित्र गराउन निर्णयअनुसार पत्राचार गरेको छ । आयोगको आइतबारको निर्णयअनुसार यस्तो पत्राचार गरिएको कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए । संस्थानले माघ ९ गते श्री बौद्ध तथा मेलम्ची […]

प्रधानमन्त्रीसंग राखेपको छलफल

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सन्चालन गरेको मिसन– २०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छिन्। मिसन– २०२६ का विषयमा प्रधानमन्त्रीलाई जानकारी दिन राखेपका सदस्य–सचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीलाई प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थमन्त्रालयसंग आवश्यक समन्वय गर्ने पनि बताइन् । जापनमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक […]

हामी हुँदा स्वास्थ्य बीमा कहिं बन्द भएको थिएन, यो सरकारले पनि बन्द हुन दिनु हुँदैनः प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार कार्य अघि बढेको भए पनि अहिले अवरोध आएकोमा दुःख प्रकट गरेका छन् । ‘बीमा हामी हुँदा कहिं बन्द भएको थिएन,’ उनले भने,‘यो सरकारले पनि बन्द हुन दिनु हुँदैन ।’ काठमाडौं ५ मा आयोजित एक कार्यक्रममा […]

१ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १ सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्यान, […]

फोटोनद्वारा दीर्घकालीन ग्राहक सम्बन्ध सुदृढ बनाउन बिरगंजमा ग्राहक भेटघाटको आयोजना

काठमाडौं ।  फोटोन मोटर्स नेपालले प्रत्यक्ष संवादमार्फत ग्राहक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले माघ २५ गते बिरगंजस्थित आफ्नो आधिकारिक डिलर हलमार्क मोटर्स इन्भेस्टमेन्ट प्रा. लि. मा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमले नेपालका प्रमुख व्यावसायिक केन्द्रहरूमा ग्राहकसँग दीर्घकालीन सहकार्य निर्माण गर्ने फोटोनको प्रतिबद्धता उजागर गरेको छ। ग्राहकहरूसँग अर्थपूर्ण अन्तरक्रियामार्फत फोटोन भेहिकलको ग्राहक-केन्द्रित दर्शनलाई अझ […]

कजारिया ले मध्य नेपालको बजार सुदृढ पार्दै बेसीसहरमा नयाँ शोरूम उद्घाटन

लमजुङ । प्रिमियम र नवीन टाइल उत्पादनको क्षेत्रमा प्रसिद्ध नाम कजारियाले नेपालमा आफ्नो पहुँच विस्तार गर्दै लमजुङको बेसीसहरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन गरेको छ। न्यु आलम मार्बल एण्ड टाइल्सले संचालन गर्ने यो शोरूमले लमजुङ र वरिपरि क्षेत्रहरूमा उच्च गुणस्तरीय टाइलको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई आधुनिक र परिष्कृत किनमेल अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। […]

सरकारले २५ दिन थप्यो जाँचबुझ आयोगको म्याद

काठमाडौं । सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरिएको […]

जापानको निक्केईमा ऐतिहासिक उछाल, विश्व शेयर बजारमा उकालो

टोकियो। जापानी प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ दलले संसदीय चुनावमा दुई तिहाई बहुमत हासिल गरेपछि विश्व शेयर बजारहरू उकालो लागेका छन् र टोकियोको निक्केई २२५ सूचकाङ्क सोमबार करिब पाँच प्रतिशतले बढ्दै ऐतिहासिक स्तरमा पुगेको छ। युरोपको प्रारम्भिक कारोबारमा जर्मनीको डिएएक्स ०.६ प्रतिशतले बढेर २४,८६४.५९ मा पुगेको छ भने फ्रान्सको सीएसी ४० ०.२ प्रतिशतले बढेर ८,२८८.०६ मा पुगेको […]

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ माघ २७ गते मंगलबार बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले भोलि विहान ९ बजे आईपीओ बाँडफाँडको तयारी गरेको जनाएको छ। कम्पनीले माघ १२ देखि १५ गतेसम्म खुला गरेको आईपीओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता सेयरका लागि २६ लाख ६५ […]