आईसीसी टी–२० विश्वकपमा इङल्यान्डविरुद्ध पहिले बलिङ गर्दे नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा इङल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ। मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो।  

उत्तर कोरियाको पार्टी सम्मेलन

काठमाडौं । उत्तर कोरियाले यस महिनाको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको प्रमुख राजनीतिक सम्मेलन आयोजना गर्ने भएको राज्य मिडियाले आइतबार जनाएको छ । उक्त सम्मेलनमा नेता किम जोङ उनले आगामी पाँच वर्षका लागि आन्तरिक तथा विदेश नीतिका प्रमुख लक्ष्य र दिशा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमको उपस्थितिमा पार्टीको राजनीतिक […]

प्रतिनिधिसभा निर्वाचनः आयोगले नौ प्रकारका सामग्री पठाउने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई जानकारी दिए । आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम […]

‘कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक छ’

काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न तयार रहेको बताएको छ । उनले कार्बन व्यापारमा सरकारसँगै नेपालका वित्तीय संस्थाहरूको सहभागिता पनि आवश्यक रहेको उल्लेख गर्र्दै त्यसका लागि मन्त्रालयल नीतिगत सहजीकरण गर्न तयार रहेको बताएको होे । नेपालका वित्तीय संस्थालाई पेरिस सम्झौताको धारा […]

भारत-मलेसिया सेमिकन्डक्टर सहकार्य विस्तार, मोदी भ्रमणमा प्रविधि साझेदारीमा जोड

पुत्रजया। भारत र मलेसियाले सेमिकन्डक्टर क्षेत्रमा आपसी सहकार्यलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणका क्रममा आइतबार भएको उच्चस्तरीय भेटवार्तामा दुवै देशले प्रविधि–आधारित साझेदारीलाई प्राथमिकतामा राख्ने सहमति गरेका हुन्। एक दशकभन्दा बढी समयपछि पहिलोपटक मलेसिया पुगेका प्रधानमन्त्री मोदीले मलेसियाली समकक्षी अनवर इब्राहिमसँग नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा, कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टरलगायत […]

बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

दशरथचन्द ।  बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन बैतडीले इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा फिर्ता बुझाउन आग्रह गरेको थियो । सोही सूचना बमोजिम अहिलेसम्म ३८७ नाल भरुवाबन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका […]

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं ।  काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ । आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण […]

इटहरीमा भोल्भो आइचरको अत्याधुनिक 3S शोरूम सञ्चालनमा

इटहरी।  बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्स प्रा.लि. ले पूर्वी नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरीको रामधुनी नगरपालिकामा अत्याधुनिक आइसर 3S (सेल्स, सर्भिस एण्ड स्पेयर्स) शोरूम सञ्चालनमा ल्याएको छ। माघ २१ गते उद्घाटन गरिएको यस नयाँ केन्द्रले व्यावसायिक सवारी साधनको बिक्री तथा बिक्रीपछिको सेवालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ। उद्घाटन कार्यक्रममा रामधुनी नगरपालिकाकी उप–प्रमुख […]

ट्रेजरी बिलमार्फत सरकारले २० अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौं । ट्रेजरी बिलमार्फत सरकारले सोमबार २० अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत २० अर्ब रुपैयाँ उठाउन लागेको जनाएको हो । कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो १५ अर्ब बराबरको ट्रेजरी बिलको नवीकरण गर्न लागेको र बाँकी ५ अर्ब रुपैयाँ नयाँ […]

खोकनामा ३०० वर्ष पुरानो तेल उद्योग : काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ । खोकना सम्झनासाथ धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ । करिब तीन सय वर्ष लामो इतिहास बोकेको काठको तेल मिल (कोल) अहिले पनि यहाँ सञ्चालनमा रहेकाले खोकनाको पहिचान जोगिएको स्थानीय बताउँछन् । ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको ऐतिहासिक ‘गाबु […]