यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५२, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो […]

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक सेयरधनीहरूलाई दिनुपर्ने भएकोले उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको […]

आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब आरम्भ चौतारी लघुवित्तको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, सेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटल मार्फत हुनेछन् ।

होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल

काठमाडौं । अमेरिका र इरानबिचको बढ्दो सैन्य द्वन्द्वले मध्यपूर्वमा तनाव थप चर्किरहेका बेला अन्तर्राष्ट्रिय समुद्री व्यापारिक मार्गको सुरक्षाका लागि साउदी अरबले प्रस्ताव गरेको ‘समुद्री रक्षा गठबन्धन’लाई १४ देशले समर्थन गरेका छन्। साउदी अरबको रक्षा मन्त्रालयले बिहीबार अन्तर्राष्ट्रिय जलमार्ग तथा विश्वव्यापी व्यापारको सुरक्षा सुनिश्चित गर्न गठबन्धन निर्माण गर्ने प्रस्तावलाई १४ देशले समर्थन गरेको जनाएको हो । […]

‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२ सम्बन्धमा बोर्डद्वारा मर्चेन्ट बैंकरहरूकालाई अभिमुखीकरण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन प्रक्रियालाई थप जिम्मेवार, पारदर्शी र गुणस्तरीय बनाउने उद्देश्यले नयाँ मापदण्डका बारेमा सरोकारवालाहरूलाई जानकारी गराएको छ । बोर्डले बिहीबार आफ्नै कार्यालयमा मर्चेन्ट बैंकर संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ अधिकारीहरूलाई लक्षित गरी ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको […]

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउसाे १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ । यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य […]

१० वर्षमा ४ खर्ब ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता,६० प्रतिशत हिस्सा सेवा र पर्यटनकै

काठमाडौं । उद्योग विभागको पछिल्लो १० वर्ष (आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०८२/८३ जेठ सम्म) को तथ्यांक अनुसार नेपालमा वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धतामा सेवा क्षेत्रले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। यो अवधिमा सेवा क्षेत्रमा कुल १ खर्ब ३६ अर्ब ९४ करोड  रुपैयाँ भन्दा बढी प्रतिबद्धता भित्रिएको छ, जसमा आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्मको […]

हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन

काठमाडौं । निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली विश्वकै अग्ला हिमालमध्ये एक पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो गएपछि बेपत्ता भएका छन् । पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृंखलामा पर्ने ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन। आरोहण टोलीमा एक अमेरिकी, एक चिनियाँ नागरिक, […]

मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रुपमा रहिआएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा गरमसलालगायत […]

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा साधारणतया बदली रहेको छ भने […]