कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्। “किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गासिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई […]

मधेस प्रदेशको नीति कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । मधेस प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।  शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सरकारका मधेस प्रदेशसभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । २७ पृष्ठमा समेटेर ल्याएको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ । पूर्णपाठ :

१० महिनामा ८८ अर्ब बराबरको निर्यात

पर्सा । चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए । चालु आवको १० महिनामा रु ४८ अर्ब ११ करोड […]

सगरमाथामा मानव लस्कर र आरोहण व्यवस्थापनका चुनौती

कुम्भराज राई काठमाडौं । पछिल्ला हरेक वर्ष वसन्तु ऋतुको सुरुआतसँगै सगरमाथा आरोहणका तस्बिर र भिडियोले सामाजिक सञ्जाल रङ्गिने गरेका छन् । केही वर्षयता सगरमाथा आरोहण मार्गमा हुने ‘ट्राफिक जाम’का कारण आरोहीको ज्यान जाने गरेको विषयमा राष्ट्रिय अन्तरराष्ट्रिय सञ्चारमाध्यममा चर्चा र बहस हुने गरेको छ । यस वर्ष पनि सगरमाथा आरोहणमार्गमा पर्ने खुम्बु आइसफलको बाटो खोल्न […]

मनाङको थोँचेमा पाँच शय्याको अस्पताल बन्ने

मनाङ । भारत सरकारको सहयोगमा नासोँ गाउँपालिका–५ थोँचेमा पाँच शय्याको अस्पताल भवन निर्माण हुने भएको छ । बिहीबार थोँचेमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरे । अस्पताल भवन निर्माणका निम्ति रु छ करोड ६७ लाख ९६ हजार ९३३ विनियोजन गरिएको गाउँपालिकाका […]

प्रभु महालक्ष्मी लाइफको संगीत र हाँसोको गुञ्जन, रमाइलो पोखरामा कार्यक्रम

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको संगीत र हाँसोको गुञ्जन, रमाइलो पोखरामा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । पोखरामा जेठ १३, १४ र १५ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो । पर्यटकीय नगरी पोखरामा फेवा तालको अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट, चर्चित राष्ट्रिय […]

राजनीतिक परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताए । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा उनले त्यसका लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक भएको बताए । “अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन”, राष्ट्रपति पौडेलले भने । […]

दिउँसो साढे २ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । बजेट प्रस्तुत गर्नुअघि सरकारले मन्त्रिपरिषद्को बैठक बोलाएको छ। दिउँसो २:३० बजे बस्ने बैठकले बजेटलाई अन्तिम स्वीकृति दिनेछ। त्यसपछि मात्रै संसद्मा बजेट पेश गरिने प्रक्रिया अघि बढ्नेछ। नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको हल, सिंहदरबारमा दिउँसो ४ बजे बस्ने संयुक्त […]

विगतमा जनताको भावनाअनुसार शासनसत्ता सञ्चालन नभएकाले परिवर्तनको आवाज उठेको हो: पूर्वराष्ट्रपति डा. यादव

ललितपुर । नेपाली जनताले गरेको सात दशक लामो सङ्घर्ष र २०६२/६३ को जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधान सभाको पहिलो बैठकबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । त्यसपश्चात् २०६५ साउन ६ गते डा. रामवरण यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भए । गणतन्त्रको घोषणा र राष्ट्रपति संस्थाको स्थापित भएसँगै सङ्घीय प्रणालीको […]

गणतन्त्रको रक्षा भए मात्र जनताको अवस्थामा परिवर्तन आउछ: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिए मात्र जनताको अवस्थामा परिवर्तन आउने बताएका छन्। १९ औँ गणतन्त्र दिवसका अबसरमा शुक्रबार सामाजिक सञ्जालबाट शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले लोकतान्त्रिक गणतन्त्र नभए केके गुमाउनु पर्छ भन्ने कुरा गणतन्त्र नरहेका बेलामा मात्रै समाजले महसुस गर्ने पनि बताएका छन्। जनताले आफ्ना लागि आफैँले […]