बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द
काठमाडौं । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको छ। बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड र बेनी-दरवाङ सडकमा आज साँझ ५ः०० बजेदेखि शनिबार बिहान ७ः०० बजेसम्मका लागि यातायात सञ्चालन बन्द गरिएको कार्यालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौँबाट प्राप्त मौसम पूर्वानुमानसम्बन्धी सूचनाअनुसार म्याग्दीमा […]

