ईपीएस आवेदनको चापसँगै राहदानी विभाग दुई सिफ्टमा सेवा सञ्चालन
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा पछिल्ला दिनहरूमा राहदानी बनाउने सेवाग्राहीको अत्यधिक भीड लागेको छ। विशेषगरी दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपालीको सङ्ख्या बढेसँगै विभागमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको हो। बढ्दो भीडलाई व्यवस्थापन गर्न राहदानी विभागले साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। विभागका अनुसार […]

