खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । जेनजी आन्दोलनको कारण ठप्प बनेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । हिजोबाट बन्द गरिएका हवाइ उडानहरु सुचारु गर्ने निर्णय आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले गरेको हो । विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ, ‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र […]

पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा गाजामा ५२ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा ५२ जना प्यालेस्टिनी मारिएको गाजाका चिकित्सा स्रोतहरूले बताएका छन् । मृतकमध्ये नौ जना गाजाको दक्षिणी भागमा मानवीय सहायता प्राप्त गर्न पर्खिरहेका बेला आक्रमणमा परेका थिए । पीडितका शवहरू गाजाका विभिन्न अस्पतालमा पु¥याइएको छ भने एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरूले भग्नावशेषमुनि बेपत्ता […]

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो ।

भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडौं । देशैभर नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपश्चात आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म महाराजगस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् । त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको नेपाली रु दुई लाख ३२ हजार ५०० र दुई हजार ५०० डलर बरामद गरिएको […]

दक्षिण कोरियाकाे रोजगारमा वृद्धि

सियोल । दक्षिण कोरियामा अगस्ट महिनामा रोजगार आठौं महिनासम्म लगातार वृद्धि भएको छ । राष्ट्रिय सांख्यिकी कार्यालयको डाटा अनुसार, १५ वर्ष र सोभन्दा माथिका व्यक्तिहरूको रोजगारमा एक लाख ६६ हजार अर्थात् ०.६ प्रतिशतको वृद्धि भएको छ, जसको परिणामस्वरूप अगस्ट महिनामा रोजगारको कुल संख्या दुई करोड ८९ लाख ६७ हजार पुगेको छ। यस वृद्धि दरले जनवरी […]

बागलुङमा पनि निषेधाज्ञा जारी

ढोरपाटन (बागलुङ) । जिल्ला प्रशासन कार्यालय बागलुङले आज बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अर्को आदेश नआउञ्जेलसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नु भएको हो । बागलुङ नगरपालिका–१, २, ३ र ४ भित्रका सबै क्षेत्रह, गलकोट […]

गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ । प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेका थिए । आगोले जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको छ ।

प्रदर्शनकारीले जलाएको अटो सोरूममा भेटियो युवतीको जलेको शव

काठमाडौं । पोखराको नयाँबजारमा प्रदर्शनकारीले जलाएको अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ ।  नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको हो । मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए । आगजनी […]

आधारभूत सेवा प्रवाहका विषयमा छलफल हुँदै

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफलमा जुटेका छन् । वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । ––– रासस

‘अलपत्र विदेशीलाई सहयोग गरौँ’

काठमाडौं । नेपाली सेनाले अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ । विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय एवं सहजीकरण गर्न सेनाले आह्वान गरेको हो । विद्यमान जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा उद्धारलगायत कुनै पनि सहयोगको प्रतीक्षामा रहनुभएका सबै विदेशी नागरिकहरुलाई नजिकको सुरक्षा निकाय […]