‘प्रधानमन्त्री एउटा छ, अर्थमन्त्री अर्को छ, केपी ओलीले पाँच अर्ब खाने भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सत्ता घटकले आफ्नो पार्टी निर्णय गर्ने ठाउँमा नभए पनि नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती प्रक्रियामा पाँच अर्ब रुपैयाँ खान लागेको प्रचार गरेको आरोप लगाएका छन्। सेबोन अध्यक्ष नियुक्ती प्रक्रियामा ओलीले पाँच अर्ब खाने बाटो गर्यो । हाम्रो पार्टी सरकारमा भए पनि निर्णय गर्ने ठाउँमा थिएनौं। मंगलबारको पत्रकार सम्मेलनमा […]

८७ अर्बको उपदान तथा पेन्सन कोषमा लगानी गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको उपदान तथा पेन्सन कोषमा लगानी गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ८७ अर्ब रुपैयाँमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो । जसमा वाणिज्य बैंकमा रहेको ६९ करोड ६० लाख रुपैयाँ , विकास बैंकमा रहेको १३ करोड ५ […]

दाउन्ने सडक मंगलबार राति बन्द गरिने

काठमाडौं । दुईतर्फी सञ्चालनमा आएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक मंगलबार राति बन्द गरिने भएको छ । पहिरोले भत्किएको सडक मर्मत गर्न बर्दघाट-दाउन्नेखण्डमा रातभर यातायात सञ्चालनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जानकारी दिइन् । सडक आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म पूर्णरूपमा बन्द हुनेछ । बर्दघाट नगरपालिका-४ […]

बाढी, पहिरोमा हालसम्म २०५ जनाको मृत्यु

काठमाडौं । नेपाल प्रहरीका अनुसार अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परि सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी […]

यी हुन् २० वटा उच्च शेयर कारोबार गर्ने कम्पनी

काठमाडौं ।  निरन्तर घटेको शेयर बजार मंगलबार भने बढेको छ । मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १९.४६ अंकले बढेर ४७०.८१ विन्दुमा पुगेर बन्द भएको छ । यो सँगै मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको हो । मंगलबार ३०७ […]

शेयर बजारमा ११४ अंकको सुधार, करिब ४ अर्बले बढ्यो कारोबार

काठमाडौं ।  शेयर बजार मंगलबार  बढेको छ । मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १९.४६ अंकले बढेर ४७०.८१ विन्दुमा पुगेर बन्द भएको छ । यो सँगै मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको हो । मंगलबार ३०७ वटा कम्पनीको १ […]

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी निर्वाचित

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । संघको नयाँ अध्यक्षमा रामेन्द्र रायमाझी निर्वाचित भएका छन् । सात सदस्यित कार्यसमितिको उपाध्यक्षमा मनिष नारायण जोशी, महासचिवमा निर्मल भट्टराई, कोषाध्यक्षमा शिभान्त राज पाण्डे निर्वाचित भएका छन् । सदस्यहरुमा सन्दिप कार्की, पुष्प शर्मा र लेखनाथ पोख्रेल निर्वाचित भएका छन् ।  

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार मुटु […]

कर्णाली टेक्निकल स्कुल निर्माण गर्न नेपाल इको प्यानलको प्रयोग

काठमाडौं । नेपाल इको प्यानलले देशव्यापी बजार पाउन थालेको छ । पछिल्लो पटक पश्चिम नेपालको जुम्लामा कर्णाली टेक्निकल स्कुल निर्माणमा नेपाल इको प्यानल प्रयोग गरिन थालेको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालका अनुसार, स्कुल निर्माणका लागि आवश्यक सामग्री पठाइसकिएको छ । निर्माण सामाग्री नेपाल इको प्यानल पुगेसँंगै छिट्टै निर्माण कार्य […]

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । “म्यानेजिङ्ग सेल्फ एण्ड रिलेसनशिप“ शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्याक […]