अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

नूक । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ। नूकस्थित अमेरिकी वाणिज्यदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। वाणिज्यदूतावासका अनुसार यो भ्रमण ग्रिनल्याण्ड सरकारको निमन्त्रणामा हुन लागेको हो। तर प्रतिनिधिमण्डलमा सहभागी हुने सबै सांसदको नाम सार्वजनिक गरिएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार सिनेटर लिसा मर्कोव्स्की भ्रमणमा सहभागी हुने […]

इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानको तेल कारोबारसँग सम्बन्धित विभिन्न निकाय र व्यक्तिमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। प्रतिबन्धको सूचीमा १५ वटा संस्थान, दुई जना व्यक्ति तथा तथाकथित छायाँ जहाज समूहमा पर्ने १४ वटा जहाज समावेश छन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरानी शासनले गैरकानुनी रूपमा गर्दै आएको तेल तथा पेट्रोकेमिकल निर्यातलाई रोक्न प्रशासन […]

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी सम्पर्क हुने बैकल्पिक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने निर्णय भएको छ । आगामी फागुन […]

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड : पहिरो रोकथाम योजना सुरु

म्याग्दी- चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले २५ करोडको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न योजना निर्माण थालेको हो । पहिरो र कटानका कारण सडकमा नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ । ठेक्का सम्झौता गरेका […]

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान साढे ७ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हाे । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका उनी चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी चिनिन्छन् ।

टी–२० विश्वकप आजदेखि सुरु हुँदै, पहिलो दिन तीन खेल हुने 

काठमाडौं । आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी–२० विश्वकपको १० औं संस्करण सुरु हुँदैछ । पहिलो दिन भारत र श्रीलंकामा गरेर कुल ३ खेल हुनेछन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन् । खेल कोलम्बोमा विहान नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा नेपाल रहेकै […]

निर्वाचन २६ दिन बाँकी: ३४ उम्मेदवारले बुझाए आयोगलाई स्पष्टीकरण

काठमाडौं । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन् । आयोगले कूल ३४ राजनीतिक दल र सम्बद्ध उम्मेदवारलाई स्पष्टीकरण सोधेकामध्ये २४ जनाले बुझाए पनि अन्यले जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । […]

सामान्य अंकले घट्यो यो साता सेयर बजार, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य अंक घटेको छ । गत साता २७१४.०५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.२० प्रतिशत अर्थात ५.३५ अंक घटेर २७०८.७० विन्दुमा बन्द भएको हो । यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो […]

साताभरमै २७ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ । यो एक साताको अवधिमा मात्रै सुनको मूल्य २७ हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत माघ १६ मा ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य माघ २३ गतेसम्म आइपुग्दा २ लाख ९१ […]

कोटेश्वरको भाटभटेनी आजदेखि खुल्ने

काठमाडौं । क्षति भएको पाँच महिनापछि कोटेश्वरको भाटभटेनी आजदेखि खुल्दै छ । भदौ २४ गते आगजनी भएको कोटेश्वरस्थित भाटभटेनी शनिबारबाट खुल्न लागेको हो । भाटभटेनीले एक विज्ञप्तिमार्फत् भनेको छ– “आगजनीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरुमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याउको घोषणा गर्न पाउँदा खुसी लागेको छ ।” भाटभटेनीले जारी गरेको विज्ञप्तिमा कठिन घडीमा साथ, […]