शिवम् सिमेन्टले बाढी प्रभावितका लागि सिमेन्ट र नगद सहयोग गर्ने
काठमाडौं । शिवम् सिमेन्ट र यसको सहायक कम्पनी शिवम होल्डिङस्ले भोटेकोशी बाढीपीडितको लागि सिमेन्ट र नगद सहयोग प्रदान गर्ने भएको छ । शिवम्ले बाढीपीडितका लागि ११ हजार बोरा र शिवम होल्डिङस्द्वारा ११ लाख सहयोग घोषणा गर्ने बताएको हो । शिवम् सिमेन्टका अधिकारीहरुले सहयोग रकम र सहयोग सामग्री अर्थमन्त्री डा. स्वर्णिम वाग्लेललाई उपलब्ध गराएका छन् । […]

