प्रधानमन्त्री निवास बालुवाटारमा पनि आगजनी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीले आगजनी गरेका छन् । राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका थिए ।

विशेष अदालतमा पनि आगजनी

काठमाडौं । विशेष अदालत काठमाडौँमा पनि आगजनी भएको छ । जेन जेडहरूले अदालतका दस्तावेज र कागजहरू सडकमा फालेर त्यहीँ आगजनी गरेका छन् । त्यस्तै, अदालत परिसरमा रहेका सवारीसाधनहरूमा पनि आगजनी गरिएको छ ।   उग्र प्रदर्शनमा उत्रिएका जेन जेडहरूले यसअघि सिंहदरबारपछि सर्वोच्च अदालतमा समेत आगजनी गरेका थिए । उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, […]

मुख्यसचिव, सेना र प्रहरी प्रमुखको संयुक्त अपिल:’ छिटो शान्तिपूर्ण समाधान खोजौं’

काठमाडौं । काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएकोप्रति सरकारका उच्च पदाधिकारीहरूले गहिरो दुःख प्रकट गरेका छन् । घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत समेत भइसकेको अवस्थामा थप जनधनको क्षति हुन नदिन आम नागरिकलाई संयमता अपनाउन अनुरोध गरिएको छ । यस […]

काठमाडौं धुवाँको मुस्लोले भरियो

काठमाडौं । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले लगाएको आगोका कारण यतिबेला काठमाडौं उपत्यका धुवाँमय बनेको छ । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।   अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् ।

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।   उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड […]

आन्दाेलनकारीलाई संयमता अपनाउन बालेकाे आग्रह

काठमाडौ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँसहित देशभर भइरहेको प्रदर्शनमा सहभागीहरूलाई संयमित हुन आग्रह गरेका छन्। उनले यो आन्दोलन जेनजीको हो भन्दै भनेका छन्, ‘प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो।’ उनले देशको नेतृत्व अब जेनजीको पुस्ताले नेतृत्व गर्नुपर्ने भन्दै यसका लागि […]

शान्तिपूर्ण समाधान निकाल्न सुरक्षा प्रमुखसहित मुख्य सचिवकाे आग्रह 

काठमाडौं । शान्तिपूर्ण समाधान निकाल्न सुरक्षा प्रमुखसहित मुख्य सचिवले आग्रह गरेका छन्। जेनजीकाे दुई दिनकाे आन्दोलनबाट प्रधानमन्त्री केपी ओली सत्ताच्युत भइसकेका छन्। यस्ताेमा मुलुकमा थप जनधनकाे क्षति हुन नदिन संयमिता आवश्यक पर्ने भन्दै यी निकायका प्रमुखहरूले अपिल गरेका हुन्।

सुरक्षाकर्मीको नियन्त्रण बाहिर काठमाडौं

काठमाडौं । जेनजीको प्रदर्शनमा सरकारले दमन गरेपछि उग्र बनेको प्रदर्शन सुरक्षाकर्मीको नियन्त्रण बाहिर पुगेको छ । सडकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको नियन्त्रणभनदा बाहिर काठमाडौं छ । १९ जना विद्यार्थीको मारिएपछि उग्र बनेको आन्दोलनले अहिले शिर्ष नेताका घरहरु, सरकारी निवास, कार्यालयहरुमा तोडफोड र आगजनीमा उत्रिएका छन् । मंगलबारको प्रदर्शनम आगजनी र […]

पूर्वराजा ज्ञानेन्द्रले भने- देश भित्रैबाट समस्याको समाधान निकालियोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देशमा देखिएको समस्याको समाधान देश भित्रैबाट खोज्न आग्रह गरेका छन् । नयाँ युवा पुस्ता (जेनजी) हरूको जायज मागलाई सम्बोधन नगरी व्यक्तिको ज्यान लिनु दुखद् एवं निन्दनीय कार्य भएको भन्दै उनले यस्तो बताएका हुन् । ‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने […]

प्रधानमन्त्रीबाट ओलीकाे राजीनामा

काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट  राजीनामा दिएका छन्। साेमबारबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओली पद छाड्न बाध्य बनेका हुन्। गृहमन्त्री रमेश लेखकले प्रदर्शनमाे पहिलाे दिन नै राजीनामा दिएका थिए। मन्त्रिपरिषद्का अरू ३ जना मन्त्रीले मंगलबार बिहानै राजीनामा दिएका थिए। २ दिनको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गइसकेको छ। धेरै नेताहरूका घर […]