समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि ८० वर्षभन्दा माथि उमेरका उम्मेदवार पनि समावेश भएका छन् । निर्वाचन आयोगको बन्दसूचीमा समाविष्ट विवरणअनुसार युवामा महिला उम्मेदवार र प्रौढमा तुलनात्मक रूपमा पुरुष उम्मेदवार बढी रहेको देखिएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बन्दसूचीमा कूल तीन हजार १३५ उम्मेदवार रहेकामा महिला एक हजार […]

नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा

गण्डकी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्ने बताएका छन् । कांग्रेस कास्कीद्वारा पार्टी कार्यालयमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले नागरिकहरूमा रहेका सबै असन्तुष्टिको जवाफ दिन जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिए । “नागरिकमा रिस गहिरो छ । राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ […]

टिग कन्फेरेन्स २०२६: अकाउन्टिङलाई प्रविधिमैत्री र डेटामुखी बनाउने विषयमा विमर्श

काठमाडौं ।  अकाउन्टिङ र व्यवसाय अभ्यासमा केन्द्रित ‘टिगकन २०२६’ माघ १८ गते ललितपुरको पुलचोकस्थित हिमालय होटलमा सम्पन्न भएको छ।  सम्मेलनमा परम्परागत अकाउन्टिङ प्रक्रियालाई कसरी प्रविधिमैत्री, डेटामा आधारित र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा लेखा व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, साना तथा मझौला व्यवसायी, प्रविधि व्यवसायी र अन्य डिजिटल इकोसिस्टमका […]

जलेश्वरमा १२० करोडको लागतमा पाँचतारे होटल निर्माण हुने

जनकपुरधाम । महोत्तरीको जलेश्वरस्थित प्रकौलीमा रु १२० करोडको लागतमा अत्याधुनिक पाँचतारे होटल ‘साङ्ग्रिला प्रिमियर रिसोर्ट एन्ड क्यासिनो’ निर्माण हुने भएको छ । मधेश प्रदेशको पर्यटन क्षेत्रको प्रर्वद्धन तथा विकास गर्ने उद्देश्यले सत्या समूहको लगानीमा निर्माण हुन लागेको ७५ अन्तरराष्ट्रिय मापदण्डका लक्जरी कोठा, विदेशी पर्यटकलाई लक्षित गरी अन्तरराष्ट्रियस्तरको क्यासिनो, विवाह तथा कर्पोरेट सम्मेलनका लागि अत्याधुनिक ब्याङ्क्वेटहल तथा […]

आइपीओ बिक्रीको अनुमति माग्दै ४ कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन

काठमाडौं । होटल इच्छा, अतिथि रिसोर्ट एन्ड स्पा, एसियन ब्याट्रिज् र हुलास आइसन इन्डष्ट्रिज लिमिटेडले आइपीओ बिक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । जसमध्ये, हुलास आइरनले प्रिमियमसहित २५५ रुपैयाँका दरले ९७ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने अनुमति मागेको छ । कम्पनीले २ अर्ब ४८ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको […]

दैनिक १३ लाख मतपत्र छपाइ

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्ष्यतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बिहीबार साँझसम्म ८० लाख मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए । उनले दिनमा १३ लाखसम्म मतपत्र […]

लाभांश सूचना डिजिटल रूपमा दिन नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनी, सामूहिक लगानी कोष तथा सेयर रजिष्ट्रार कम्पनीहरूलाई सेयरधनी र लगानीकर्तालाई लाभांशसम्बन्धी जानकारी डिजिटल माध्यमबाट अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ। नेप्सेले शुक्रबार निर्देशन जारी गर्दै सेयर, सामूहिक लगानी कोष र ऋणपत्रधनीलाई लाभांशसम्बन्धी विवरण इमेल तथा एसएमएसमार्फत जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो। यसअनुसार सम्बन्धित कम्पनी तथा सामूहिक […]

नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश

काठमाडौं ।  नबिल इन्भेस्टमेन्टले १५ औ वर्षको उत्कृष्ट सेवा प्रदान गर्दै आज १६औँ वर्षमा प्रवेश गरेका छ । यस अवसरमा माघ २३, २०८२ का दिन यस संस्थालेसामाजिक उत्तरदायित्व अन्तर्गत नक्साल, नारयणचौरको प्रांगणमा रक्तदान कार्यक्रम संचालन गरिरहेको छ । मिति २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालकोपूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै […]

अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्ड विस्तारकार्य तीव्र

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा […]

विदेशी बुबा भएका पाँच जनाले पाए अङ्गीकृत नागरिकता

बागमती। आमा नेपाली र बुबा विदेशी भएका पाँच जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयबाट बुबा विदेशी भएका पाँच जनाले आमाको नामबाट अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन् । […]