कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी गरेको छ। कीर्तिपुरको नयाँ बजारस्थित नगरपालिकाको भवनमा आगजनी गरिएको हो । प्रहरीका अनुसार नगरपालिकाको मुख्य भवनमा नै प्रदर्शनकारीले आगजनी गरेका हुन्।  

प्रदर्शनकारीहरूले देउवा निवासमा लगाए आगो

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पनि प्रदर्शनकारीहरूले तोडफोडका साथै आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले बुढानिलकण्ठस्थित देउवा निवासमा तोडफोडपछि आगजनी गरेका हुन्। प्रदर्शनकारीहरूले निवास भित्र पसेर आगजनी गरिरहेका हुन् ।

वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)को समयावधि थप गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहले सामाजिक सञ्जाल बन्द भएको र काठमाडौँमा ‘जेनजीहरुमाथि भएको आक्रमणको विरोधमा प्रदर्शनीमा उत्रिएसँगै सोमबार राति ९ः०० बजेदेखि जारी भएको निषेधाज्ञाको समयावधि आज अपराह्न ६ः०० बजेसम्मको लागि बढाइएको हो । सोमबार राति ९ः०० बजेदेखि आज बिहान ९ः०० […]

उपत्यकाको सुरक्षा व्यवस्था कडा

काठमाडौं । काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिइएको जानकारी दिए । जिल्ला सुरक्षा समितिमार्फत समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था कडा पार्न […]

पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

काभ्रेपलाञ्चोक । काठमाडौँ उपत्यकाको पूर्वीनाका काभ्रेको साँगामा यातायातका साधानलाई आज बिहानदेखि उपत्यका प्रवेशमा रोक लगाइएको छ । आज बिहानदेखि उपत्यकाका तीनै जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेपछि साँगा–नाकाबाट यातायातका साधनलाई रोक लगाइएको हो । अरनिको, बिपी र हेलम्बु राजमार्गबाट राजधानी काभ्रेपलाञ्चोक हुँदै उपत्यका प्रवेश गर्ने सवारीसाधानलाई साँगामा ‘होल्ड’ गर्दै फर्काइएको जिल्ला […]

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् । सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । ‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी नभएको भन्दै उनले राजीनामा दिने भएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै हिजो, भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा राजीनामा दिएको बताएका हुन्। उनले फेसबुकमा यस्तो लेखेका छन् ः आदरणीय नेपाली जनसमुदायहरू, नमस्कार, जय नेपाल ! म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र […]

बिपक्षी दलले माग्यो प्रधानमन्त्रीको राजिमाना

काठमाडौं । आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको  छ । जेएन जीले गरेको प्रदर्शनको क्रममा भएको हत्याको सम्पुर्ण जिम्मेवारी  प्रधानमन्त्रीले लिनुपर्ने निष्कर्ष निकाल्दै बिपक्षी दलले प्रधानमन्त्रीको  राजिनाम मागेका हुन्

लक्ष्यमा नपुग्दासम्म आन्दोलनबीचैमा नछाड्न जेन–जीलाई भट्टराईको सुझाव

काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी पुस्तालाई थालिएको आन्दोलन लक्ष्यमा नपुर्‍याएसम्म नछाड्न सुझाव दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक अपिल लेख्दै भट्टराईले देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको सुरुवात गरेकोमा गौरवान्वित भएको भन्दै अब यो आन्दोलनलाई टुंगोमा नपुर्‍याई बीचैमा छाड्न नहुने सुझाव दिएका हुन् । उनले फेसबुकमा यस्तो […]

कर्फ्युकै बीच आज पनि संसद भवन अगाडि प्रदर्शन

काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज पनि बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शन गरेका हुन् । सोमबार १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र […]