चितवनमा निर्वाचनका लागि २ हजार ९ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको छ । माग भएको विवरणानुसार निर्वाचनमा खटिने कर्मचारीको नामावली आउने क्रममा रहेको कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । ती कर्मचारी जिल्लामा रहेका ४९४ मतदान केन्द्रमा खटिने छन् । एउटा […]

मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा-मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो । तर सम्झौताअनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा छ महिना म्याद थप गरिएको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता गरिएको थियो । मुग्लिन-नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको […]

तल्लो सेती जलविद्युत् आयोजना: पहुँच सडक निर्माण सुरु, वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन लक्ष्य

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पहुँच सडक निर्माण सुरु गर्न लागिएको छ। एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको लिमिटेडले यहाँबाट खेरजान पानीको सदुपयोग गर्दै तल्लो सेती जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको हो । त्यसका लागि निर्माण व्यवसायीले आयोजनाको पहुँच सडक […]

पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं ।  चलचित्र पत्ररका संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।

आरविवि मर्चेन्ट बैंकिङ १० बार्षिकोत्सव सम्पन्न

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक लि.को शत् प्रतिशत लगानीमा स्थापीत आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले संचालक समितीका अध्यक्ष  सरस्वती अधिकारीको सभापतीत्वमा कम्पनीको १० औंं वर्ष पूरा गरि ११ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मिति २०८२ माघ १५ गते विहिबार यल्लो पगोडा होटलमा आफ्नो बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक […]

अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने

काराकास । भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकी सरकारको विशेष दूत तथा कूटनीतिज्ञ लौरा डोगु औपचारिक कार्यसूचीका साथ भेनेजुएला आइपुगेको जानकारी दिएका छन् । शनिबार टेलिग्राममार्फत जानकारी सार्वजनिक गर्दै गिलले यो भ्रमण अमेरिका र भेनेजुएलाबीच जारी कूटनीतिक सम्पर्क र संवादको निरन्तर प्रयासको महत्वपूर्ण हिस्सा भएको बताए । उनका अनुसार दुवै पक्षबीच हुने वार्ताको मुख्य उद्देश्य द्विपक्षीय […]

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै नारायणघाट–बुटवल सडक […]

भारतीय बजारमा सुन चाँदीको मूल्यमा आयो उच्च गिरावट

काठमाडौं । भारतीय बजारमा आइतबार सुन चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले सन् २०२६ को लागि आइतबार बजेट ल्याएको कारण सून चाँदीको मूल्यमा उच्च गिरावट आएको भारतीय मिडियाहरुले सार्वजनिक गरेका छन् । आइतबार २४ क्यारेट सून प्रति १० ग्रामको मूल्य १ लाख ६२ हजार २४० भारतीय रुपैयाँ तोकिएको छ […]

“नेपाल स्टक मार्केटको वास्तविक प्रणाली बुझ्न तयार हुनुहोस् — स्मार्ट फ्राइडे छैटौँ एपिसोड “

काठमाडौं । लगानीकर्ताको वित्तीय सक्षमता र शेयर बजारप्रतिको व्यावहारिक बुझाइ विस्तार गर्ने उद्देश्यका साथ SMART Growth Ventures Pvt. Ltd. द्वारा सञ्चालन भइरहेको SMART Friday Insight Series निरन्तर लोकप्रिय बन्दै छ। यस शृंखलाको छैटौँ एपिसोड (Episode–06) यस शुक्रबार “How Nepal Stock Market Actually Works” शीर्षकमा आयोजित हुँदैछ। यस एपिसोडमा नेपालकै अग्रणी कम्पनी Malla & Malla Stock […]

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने

तनहुँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । निर्वाचनका क्रममा बदर मतको सङ्ख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय तनहुँले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विकास लम्सालका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा मतदाता शिक्षा […]