रसुवा र तातोपानी नाका सञ्चालनमा ल्याउन चेम्बरको आग्रह

काठमाडौं ।  गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र वस्तु आयात निर्यात प्रणालीमा गम्भीर समस्या देखिएकाले तत्काल पुनर्निर्माण गर्न चेम्बरले सरकारसमक्ष आग्रह गरेको हो । यसले मूल्यवृद्धिमा […]

भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित

लाहोर । भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यससँगै अधिकारीहरूले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् । नयाँदिल्लीले इस्लामाबादलाई सम्भावित सीमापार बाढीबारे अघिल्लो दिन नै सचेत गराएको थियो । यो सूचना हालका महिनामा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीबीच भएको पहिलो सार्वजनिक कूटनीतिक सम्पर्क पनि हो […]

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेको इन्सुरेन्स लिमिटेडको १७ लाख ६० हजार ८१५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसकम्पनीले सेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल

काठमाडौं । भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको छ । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपायहरु पहिचान […]

नेप्से सूचक ४.८३ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । मंगलबार नेप्से सूचक ४.८३ अंकले बढेको छ । सेयर बजार ०.१७ प्रतिशतले बढेर २७६६.०९ विन्दुमा पुगेको हो । यसदिन ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ५ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार कारोबार रकम घटेको छ । यस दिन ३२२ स्क्रिप्टको ९२ […]

इजरायलमा बन्धक सम्झौताका लागि प्रदर्शन, क्याबिनेट बैठकअघि दबाब

तेल अभिव । गाजाको युद्ध अन्त्य गर्दै त्यहाँ रहेका बन्धकहरूलाई सुरक्षित फिर्ता ल्याउन मागसहित मङ्गलबार बिहान इजरायलका प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । उनीहरूले साँझका लागि तोकिएको सुरक्षा क्याबिनेट बैठकअघि सरकारलाई दबाब दिने प्रयास गरेका हुन् । एएफपीका पत्रकारहरूले तेल अभिवमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गरी इजरायली झण्डा फहराएको र बन्धकहरूको तस्बिर बोकेको दृश्य देखेका थिए । […]

सरकारले १० अर्बको विकास ऋणपत्र जारी गर्दै

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउने तयारी गरेको हो ।  ३ वर्षका लागि विकास ऋणपत्र –२०८५ ‘ढ’ (NPDB03142085) बोलकबोलमार्फत जारी गर्ने तयारी गरिएको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जानकारी दिएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य […]

एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना

सियोल । कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद गर्ने, अतिरिक्त स्पेयर इन्जिन किन्नेदेखि लिएर २० वर्षका लागि इन्जिन मर्मत–सम्भार सेवा प्राप्त गर्ने गरी ५० अर्ब डलरको विशाल सम्झौता घोषणा गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार वासिङ्टनमा भएको भेटपछिको औपचारिक कार्यक्रममा उक्त सम्झौता सम्पन्न गरिएको हो […]

१ हजार दरका ४३ करोड थान नोट छपाईको लागि बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाईको लागि बोलपत्र आह्वान गरेको छ । १ हजार रुपैयाँ दरको नोट डिजाइन, छपाई र आपूर्ति तथा वितरणको लागि केन्द्रीय बैंकले बोलपत्र आह्वान गरेको हो । २०८१ फागुनमा प्रकाशित भएको पूर्वयोग्यता पूरा गरेका ६ कम्पनीले मात्रै प्रतिस्पर्धामा सहभागी हुन पाउने केन्द्रीय बैंकको सूचनामा […]

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश घोषणा भएको छ । ग्लोबल आइएमई क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समिति बैठकले ब्यालेन्स्ड फन्ड-१ ले गत वर्ष कमाएको नाफाबाट इकाईधनीलाई कर सहित १२ प्रतिशत नगद दिने निर्णय गरेको हो । बुक क्लोज मिति भने तय भएको छैन ।