याङ्गो राइड र बजाज अटोबीच साझेदारी

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले आफ्ना चालक साझेदारहरूलाई मोटरसाइकल खरिद गर्न सहज बनाउने उद्देश्यले बजाज नेपालसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारी अन्तर्गत, योग्य याङ्गो प्रो चालक साझेदारहरूले चयन गरिएका बजाज मोटरसाइकलहरू २४ महिनासम्म शुन्य प्रतिशत ब्याज (मार्कअप), ४० प्रतिशत डाउन पेमेन्ट तथा एक्सचेन्ज सुविधा सहित खरिद […]

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश बचत खाता’ योजना सुरु गरेको छ। देशका विभिन्न भू-भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै यो नयाँ बचत योजना ल्याइएको बैंकले जनाएको छ। बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरुवात गरेको छ, जसमा कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेस […]

देशका चार दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पु-याउने अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ। भौगोलिक रूपमा अति विकट हुम्ला जिल्लाको नाम्खा […]

भक्तपुरमा प्रोटोनको शोरुम तथा सर्भिस सेन्टर विस्तार

काठमाडौं । भक्तपुरको राधेराधेमा प्रोटोनको अत्याधुनिक शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा आएको छ। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले उत्कृष्ट मूल्यसहित कम्प्याक्ट ईभी प्रोटोन ई मास फाइभ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो शोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ। नेपालमा ग्राहक केन्द्रित भइ अग्रणी विद्युतीय सवारी ब्रान्डको रूपमा महत्त्वपूर्ण […]

विदेशी लगानीका उद्योग तथा व्यवसाय राजस्वको भरपर्दो स्रोत बन्दै , एक वर्षमा ५ अर्ब ५८ करोड राजस्व संकलन

काठमाडौं । नेपालमा विदेशी लगानी बढ्दै गएसँगै त्यस बापत प्राप्त हुने रोयल्टी रकममा उल्लेख्य वृद्धि भएको छ। उद्योग विभागको  तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा मात्रै कुल १५७ वटा उद्योगहरुमार्फत ५ अर्ब ५८ करोड ४८ लाख ६२ हजार ५४ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । जुन  आर्थिक वर्ष २०८१/८२ को तुलनामा १८९.२९ प्रतिशत […]

प्रतिक्रेट ५० रुपैयाँले बढ्यो अन्डाको भाउ

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले साउन लागेको चार दिनको फरकमा दुई पटक अन्डाको मूल्य वृद्धि गरेको छ। देशैभरिका अन्डा उत्पादक किसानको परामर्श र सिफारिसका आधारमा संघले प्रतिक्रेट अन्डाको भाउ ५० रुपैयाँले बढाउने निर्णय गरेको हो। संघले पहिलो पटक साउन १ गते बैठक बसी साउन २ देखि लागू हुने गरी मूल्य बढाएको थियो भने त्यसको […]

ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच समन्वय आवश्यक : उर्जामन्त्री श्रेष्ठ

काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, साझा स्वामित्व र परिणाममुखी सहकार्य अपरिहार्य रहेको बताएका छन् । मंगलबार ऊर्जा मन्त्रालयद्वारा आयोजित सातै प्रदेशका ऊर्जा मन्त्री तथा ऊर्जा सचिवहरू सहभागी विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संविधानले परिकल्पना […]

स्वदेशी पोशाक उद्योगको विकासका लागि सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोशाक उद्योग (टेक्सटाइल)को विकास र प्रवर्द्धनमा सरकारले जोड दिइरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगको विकास र विस्तारका निम्ति सरकार सबै किसिमको सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता […]

नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नागरिकका असन्तुष्टि र सुझावलाई सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । सोही अनुसार उनले बजेटमार्फत निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज गरिएको जानकारी दिएका छन् । ‘तर नागरिक तहमा देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ’, प्रधानमन्त्री शाहले मंगलबार भनेका छन्,‘नागरिकको माग सुन्दै […]

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने तपाइ हाम्रो सहकारीका ९० जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको […]