देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्मै पुगेको छ र आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा समेत मनसुन विस्तार भएको छ । यससँगै यो वर्षको मनसुन प्रणाली देशैभर […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधाबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा रहेको थियो […]

इरान अमेरिका शान्तिवार्ताको असर नेपालमा घट्यो पेट्रोलियम पदार्थको मूल्य मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार बिहान १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो । निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० […]

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) मा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले मंगलबार जारी गरेको सूचनामा असार १६ र १७ गते बेलुका ५:०० बजेदेखि भोलिपल्ट बिहान ५:०० बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा […]

पाँच सय जनाले पाए सुधारिएको चुलो

दाङ । तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा फलामे चुलो वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, हरित जलवायुकोष र तुलसीपुर उपमहानगरपालिका एवं उपभोक्ताको लागत सहभागितामा चुलो वितरण गरिएको उपमहानगरपालिकाका मुख्य सम्पर्क व्यक्ति टेकबहादुर खड्काले जानकारी दिए । वितरण गरिएका चुलोमा १५ प्रतिशत उपमहानगरपालिकाले, पाँच प्रतिशत उपभोक्ताको र बाँकी वैकल्पिक ऊर्जा […]

सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते पुष्टि भएको बर्डफ्लु सङ्क्रमण हाल नियन्त्रणउन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ । सङ्क्रमण देखिएलगत्तै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, सङ्क्रमित तथा बिरामी जीवजन्तुको उपचार गर्ने र भाइरसको फैलावट रोक्न विभिन्न नियन्त्रणात्मक उपाय अपनाइएको थियो । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्डफ्लु भाइरस नियन्त्रणका […]

नेपालीहरूको जीवन मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन् । रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य, सदभाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताए । राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु […]

 विद्युत् प्राधिकरणमा ५० हजार विद्युत् मिटर उपलब्ध, नयाँ जडानका लागि निवेदन दिन आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५० हजार वटा विद्युत् मिटर उपलब्ध भइसकेको जनाएको छ। प्राधिकरणका अनुसार उक्त मिटरहरू सातै प्रदेशका सम्बन्धित कार्यालयहरूमा पठाइसकिएको छ। प्राधिकरणले नयाँ विद्युत् मिटर आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीलाई आफ्नो नजिकको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र वा प्रादेशिक कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी निवेदन दर्ता गर्न आग्रह गरेको छ। प्राधिकरणले सेवाग्राहीलाई […]

उद्योगमन्त्री यादवको गाडीको कालो सिसा हटाइयो

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सरकारी गाडीमा लगाइएको कालो सिसा हटाइएको छ। सबै विशिष्ट व्यक्ति (भीआईपी) ले प्रयोग गर्ने सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउन गृहमन्त्री गुरुङले निर्देशन दिएपछि मन्त्रालयका कर्मचारीले मन्त्री यादवको गाडीको कालो सिसा हटाएका हुन्। सरकारले भीआईपी सवारीसाधनमा कालो सिसाको प्रयोग हटाउने अभियानलाई अघि बढाएको जनाएको छ। […]

विश्वकप नकआउटमा आज आइभोरी कोस्ट र नर्वे भिड्दै

काठमाडौं  ।फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणमा  मंगलबार  आइभोरी कोस्ट र नर्वेबीचको खेल हुने भएको छ। आज राति १०ः४५ बजे डलास रंगशालामा दुई टोली बीच आमने सामने हुनेछ। त्यसपछि बुधबार बिहान २ः४५ बजे न्युयोर्क–न्यु जर्सी रंगशालामा फ्रान्स र स्विडेनको खेल हुनेछ। यस्तै, बुधबार बिहान ६ः४५ बजे मेक्सिको सिटी रंगशालामा आयोजक मेक्सिको र इक्वेडरको खेल हुने […]