सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु

काठमाडौं । नेपालले यो वर्षको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन […]

करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंको शंखमूलमा, काठमाडौंवासीलाई नौलो र मिठो स्वादको अनुभव दिने

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ’करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ । बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटहरूको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, नेपाली नारीहरुको महान चाड हरितालिका तीजको […]

यी ३ लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन सक्ने, अरु संस्थाहरुले कति वितरण गर्न पाउँछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश नीति संशोधन गरेसँगै ३ वटा संस्थाहरुले गत वर्षको नाफाबाट २५ प्रतिशतसम्म लाभांश दिन पाउने भएका छन् । आइतबार नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ संशोधन गरेसँगै निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका र पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि भएका संस्थाहरुले २५ प्रतिशतसम्म […]

सानिमा बैंकका ग्राहकहरुलाई चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुलाई चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था गरिएको छ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बसुन्धारा, काठमाडौंस्थित चिरायु नेशनल अस्पतालसंग छुटको व्यवस्था गरेको हो । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट-क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्यु.आर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा वेड र […]

नेप्से बढ्यो कारोबार रकम घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१८ अंकले बढेर ४७४.३८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.२९ अंकले र सेन्सेटिभ इन्डेक्स १.०७ अंकले बढेको हो । […]

प्रति लिटर ५ रुपैयाँ अनुदानले गोरखाका दूध व्यवसायी उत्साहित

गोरखा । गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ । भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले उत्पादनका आधारमा किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अनन्त कोइरालाले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि दूधमा […]

एमबीएल इक्विटी फन्डको नाफा १ करोड ९३ लाख, न्याभ कति ?

काठमाडौं । एमबीएल इक्विटी फन्डले चालु आर्थिक वर्षको साउन महिनामा १ करोड ९३ लाख रुपैयाँ कुल नाफा कमाएको छ । गत असारमा उक्त नाफा ५ करोड ३२ लाख थियो । सार्वजनिक भएको रिपोर्ट अनुसार फन्डको न्याभ १०.६० रुपैयाँ छ । अघिल्लो महिना न्याभ १०.४४ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ९६ करोड ४९ लाख रुपैयाँ […]

सुदूरपश्चिममा ६४ उजुरीमाथि विस्तृत अनुसन्धान गर्दै अख्तियार

भीमदत्तनगर(कञ्चनपुर) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ । महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्रीय कार्यालयले सुदूरपश्मिचमा विभिन्न उजुरीमाथि छानबिन गरी विस्तृत अनुसन्धान सुरु गरेको हो । आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी चेतराज भट्टले गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग तथा अनियमितासम्बन्धी एक हजार ६९६ उजुरी परेको बताएका छन्  । उनका […]

पशुवस्तुलाई पौष्टिक आहार खुवाउन साइलेज उद्योग स्थापना

दमौली ।  जिल्लाको भिमाद नगरपालिका–६ मालेबगरमा साइलेज उद्योग सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत भिमाद नगरपालिकाले साझेदारीमा साइलेज उद्योग स्थापना गरेको हो । गण्डकी प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा उद्योग स्थापना भएको नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक सुदीप गैह्रेले जानकारी दिए। रु ५६ लाख १८ हजार ७७१ […]

भान्सद्वारा युक्रेन युद्धमा रुसमाथि दबाब दिन भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ

वासिङ्टन। अमेरिकाका उपराष्ट्रपति जे डी भान्सले आइतबार भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध र भन्सार शुल्कलाई युक्रेन युद्धमा रुसविरुद्ध प्रयोग गरिएको ‘आक्रामक आर्थिक लाभ’ को रणनीति अन्तर्गत रहेको भन्दै यसको बचाउ गरेका छन् । एनबिसी न्युजको मिट द प्रेस कार्यक्रममा बोल्दै उनले ट्रम्प प्रशासनले भारतमाथि कर लगाउने उपायमार्फत मस्कोलाई आफ्नो तेल अर्थतन्त्रबाट फाइदा लिन कठिन बनाइरहेको बताए। […]