यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ […]

वादोरियो कराते भारत जाने

काठमाडौं । नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली वादोरियो कराते टोली बिहीबार भारतको भिषाकापटनम प्रस्थान गरेको छ । जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा राजु बुढाथोकी, ५५ केजीमा विसन थापा मगर, ४५ केजीमा रिजन बुढा मगर र ३० केजीमा शिशीर थापाले प्रतिस्पर्धा गर्ने छन् । […]

जर्मनीको मेलामा नेपाली व्यवसायीको सहभागिता

काठमाडौं । युरोपेली बजारमा नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाली व्यवसायीहरूले जर्मनीको स्टुटगार्टमा जनवरी १७ देखि २५, २०२६ सम्म आयोजित प्रतिष्ठित काराभान, मोटर तथा पर्यटन मेला(सिएमटी) मा सहभागिता जनाएका छन् । उक्त टोलीको संयोजन नेपाल–जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोषचन्द्र कुँवरले गरेका थिए । उनीसँगै नेपाल राइजन ट्रेक्स एण्ड एक्स्पेडिसनका शेरबहादुर परियार […]

यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन सुरु

काठमाडौं। नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पहिलो दिन यु–१७ ब्वाइज सिंगल्समा लभ ब्याडमिन्टन एकेडेमीका अस्मित राणाले देवीनगरका सुभाङ आचार्यलाई २१–७ र २१–१० तथा नेपाल आर्मीका प्रतीक विष्टले धन्यन्तरीका सुशान्त प्रजापतिलाई १९–२१, २१–१९ […]

निजी क्षेत्रको विश्वासका लागि निर्वाचन व्यवस्थित र लगानीमैत्री हुनुपर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज श्रेष्ठले फागुन २१ गते हुने तय भइसकेको निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र लगानीमैत्री ढंगले सम्पन्न गर्नुपर्ने बताएका छन्। महासंघको तर्फबाट जारी विज्ञप्तिमार्फत अध्यक्ष श्रेष्ठले निर्वाचनले देशको राजनीतिक स्थायित्वसँगै समग्र आर्थिक वातावरण र लगानी विश्वासमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरेका छन्। निजी क्षेत्रका लागि स्पष्ट निर्वाचन कार्यतालिका र प्रभावकारी […]

चुनौती बन्दै बैंकिङ प्रणालीमा थुप्रिएको रकम

काठमाडौं । अधिक तरलता व्यवस्थापन अहिले समग्र बैंक तथा वित्तीय क्षेत्रले सामना गर्नुपरेका चुनौती बनेको छ । देशका विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स क्षेत्रमा सर्वसाधारण जनताको सङ्कलन भएको निक्षेप अहिलेसम्मकै उच्च तहमा पुगेको हो । बैंकिङ प्रणालीमा लगानी गर्न सकिने करिब नौ खर्ब रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए । […]

ओएन बायोटेकले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ। सम्झौतामा ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष चुन्न प्रसाद शर्मा र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन् । […]

श्रमजीवी पत्रकारको तलब सुनिश्चितता हुनुपर्नेमा महासङ्घको जोड

काठमाडौं । नेपाल पत्रकार महासङ्घले ‘नेपाल रिपब्लिक मिडिया लिमिटेड’को प्रकाशन नागरिक दैनिक पत्रिकामा कार्यरत श्रमजीवी पत्रकारले सेवासुविधा नपाएकामा चिन्ता व्यक्त गर्दै तलब सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यसहितको टोलीले आज नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारीको कार्यकक्षमा तालाबन्दी गरी तत्काल पत्रकारले पाउनुपर्ने सेवासुविधा उपलब्ध गराउने सुनिश्चितता हुनुपर्नेमा जोड दिएको […]

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । भारतसँग ६५ किलोमिटरको खुला सीमा रहेकोे जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि ५० वटा संवेदनशील तथा २८ वटा सामान्य मतदानस्थलका रुपमा रहेकोे जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले जानकारी दिए । एक सय ३९ मतदानस्थलमा […]

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सहित अपरेसनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।   प्रदेश  १ र २ मा कार्यरत कर्मचारीहरू सम्मिलित कार्यक्रम यहि माघ ३ र ५ गते आयोजना गरिएको थियो।  उक्त नियमित प्रशिक्षण  कम्पनीको प्रमुख संचालन अधिकृत ज्ञान रायमाझीका साथै अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा […]