नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह : ५४५ जना दीक्षित

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी विभित्र सङ्कायका उत्तीर्ण विद्यार्थीलाई आज दीक्षित गरेकी छन्। विश्वविद्यालयद्वारा आयोजित समारोहमा कुलपतिसमेत रशनुभएकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरेकी हुन् । तीमध्ये समारोहमा एक […]

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत । बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् । यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर, पातीचौर–देउपुर– भुकदेउराली १२ किलोमिटर, डिमुवा–तिलाहार–राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् । पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला–कटुवाचौपारी–मुडिकुवा–फलेवास–ढिक १४ किलोमिटर, हिमालय–विपाङ–नुवार–खनियाँघाट आठ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन् । साथै, सोही अवधिमा […]

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । निर्वाचनमा अधिकृतको कार्यालयको तथ्याङ्कअनुसार उम्मेदवारी दर्ता गरेकामध्ये कास्कीको क्षेत्र नं २ बाट सबैभन्दा कम उमेरका २६ वर्षीय निर्दोषविक्रम पौडेलको उम्मेदवारी परेको छ भने कास्की क्षेत्र नं ३ बाट सबैभन्दा बढी उमेरका ७० वर्षीय गोपाल […]

दीपेन्द्र अग्रवालसहित शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश

काठमाडौं । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गरेका छन्। आज (शनिबार) नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अग्रवालसहित शेयर बजारका लगानी कर्ताहरुलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अग्रवालसहित सयौंको संख्यामा एकसाथ पार्टी प्रवेश गरेका हुन् । शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि […]

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका अतिरिक्त क्रियाकलापमा देखाएको प्रतिभा र योगदानको समेत अङ्क प्राप्त गर्ने भएका छन् । विश्वविद्यालयले देशमै पहिलोपटक अतिरिक्त क्रियाकलापलाई औपचारिक रूपमा शैक्षिक अङ्कभार (एकाडेमिक क्रेडिट)मा समावेश गर्ने नीति अघि सारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीका अनुसार विद्यार्थीले सामाजिक सेवा, […]

क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग गरेको व्यापारिक सहमति कार्यान्वयन भएमा क्यानडाबाट आयात हुने वस्तुहरूमा उच्च आयात शुल्क लगाइने सङ्केत दिएका छन् । यसले क्यानडा र संयुक्त राज्य अमेरिकाबीच हाल देखिएको मतभेदलाई थप स्पष्ट बनाएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले क्यानडालाई चीनका वस्तुहरू संयुक्त […]

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित १८ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यहाँका नौ जिल्लामा रहेका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । सुदूरपश्चिमका सात पहाडी जिल्लामा महिला उम्मेदवारी न्यून रहे पनि तराईका जिल्लामध्ये कैलाली र कञ्चनपुरमा उल्लेख्य सहभागिता छ । प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका […]

स्मार्ट फ्राइडे इनस्लाइट सिरिज पाँचौँ एपिसोडमा प्रवेश गर्दै

काठमाडौं । लगानीकर्ताको वित्तीय ज्ञान र व्यवहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यका साथ SMART Growth Ventures Pvt. Ltd. द्वारा सञ्चालित SMART Friday Insight Series निरन्तर लोकप्रिय हुँदै आफ्नो पाँचौँ एपिसोड (Episode–05) मा प्रवेश गर्न लागेको छ। यस पटकको विषय “SIP Investing in Nepal” रहनेछ, जहाँ NEPSE Alpha का  इक्विटी रिसर्च तथा डेटा एनालिटिक्स प्रमुख  राजीव महर्जन वक्ता […]

अण्डाको मूल्य बढ्यो, कति पुग्यो प्रतिक्रेट ?

चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट ९३० वटा०को फार्म मूल्य रु चार सय ९५ पुगेको छ । यसअघि प्रतिक्रेट रु चार […]

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेर हाल समको उच्चमा पुगेको छ । नेपाल सुनचाँदी ब्यवसाय महंसघका अनुसार सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपेयाँ थियो । यस दिन चाँदी पनि २९० रुपैयाँले […]