बजेट निर्माणका लागि बजेट लेखन समिति गठन
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका निम्ति बजेट लेखन समिति गठन गरेकाे छ। आउँदो वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्न राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीलाई समितिको संयोजक तोकिएको छ । समितिलाई आउँदो आर्थिक वर्षको बजेटको पूर्ण खाका तयार गर्ने जिम्मेवारी दिइएको छ । समिति सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा.सुमन […]

