प्रचण्डसँग भारतका विदेशसचिव विक्रम मिश्रीको शिष्टाचार भेट 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्नुभएका विदेशसचिवले अध्यक्ष निवास खुमलटारमा भेट गर्नुभएको हो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

औचित्य नदेखिएका सरकारी संस्था खारेजी, समायोजन र हस्तान्तरण गर्न ,उच्चस्तरीय शासकीय सुधार आयोगमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्ष रहेको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल  गर्दै  ।बैठकले यसअघिका विभिन्न आयोग–कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेजी, गाभ्ने र हस्तान्तरण हुन  सिफारिस भएका सरकारी निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन […]

पोखरामा बीवाईडीको नयाँ शोरूमसँगै बीवाईडी सिलायन ७ को शुरुवात

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा. लि. ले पोखरामा बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । नयाँ सो रुमको शुभारम्भसँगै गण्डकी ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ । शो रु उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिको रूपमा उपस्थित थिए उदघाटन समारोहमा अटोमोबाइल क्षेत्रका प्रमुख […]

राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं ।गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार  मन्त्रालयमा आर्थिक वर्ष २०८२र८३ का लागि गृहसचिव एवं सङ्गठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उहाँले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध नियन्त्रणमा उल्लेख्य काम भए पनि परिणाम आउन समय लाग्ने बताएका हुन् […]

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

कालीकोट। पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्ला, प्रहरीलगायतको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको हो । गएरातिदेखि निरन्तर वर्षा भइरहेकाले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड आज बिहानैदेखि अवरुद्ध बनेको थियो । राजमार्गअन्तर्गत कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै […]

आठौँ वार्षिकोत्सवमा आई.एम.ई. लाइफ इन्स्योरेन्सका वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्सको आठौँ बार्षिक उत्सवको शुभअवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । काठमाडौंको लैनचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । ‘ रगतदान, जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी […]

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकः औचित्य नभएका संस्था खारेज, समायोजन र हस्तान्तरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकमा औचित्य नभएका संस्था खारेज, गाभ्ने वा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा भएको बैठकले यसअघिका विभिन्न आयोग एवं कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज गर्ने, गाभ्ने र हस्तान्तरणका लागि सिफारिस भएका […]

पुनः घटयो शेयर बजार, २७६१ मा नेप्से झर्दा २७ करोड बढीले बढ्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । सोमबार देखि निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार बढेको थियो भने आइतबार पुनः घटेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेर ४७३.६७ […]

बीमाङ्कीय मूल्याङ्कन लगायत समसामयिक विषयमा छलफल सम्पन्न

काठमाडौं ।नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसायिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्र्रिया कार्यक्रम शुक्रबार (साउन ३० गते) ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण, आईएफआरएस–१७ कार्यान्वयन र एक्चुअरीहरूको नियुक्ति सम्बन्धमा प्रस्तुति गरेका छन् । परामर्शदाता […]

अबदेखि सुनचाँदी व्यवसायीलाई  ५ लाख अमेरिकी डलर सटही सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीहरुलाई अमेरिकी डलर सटहीमा थप सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त जानकारी दिएको हो । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको समीसम्म सहटी सुविधा प्रदान गरेको जनाएको […]